ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाहालको चाहनाले सत्ता गठबन्धनमा तरङ्ग


एबीसी / संवाददाता
असार ११, २०७९ शनिबार   ७ : १९   बजे

काठमाडौँ, ११ असार । दोस्रो जनआन्दोलनपछि बनेको सबै प्रधानमन्त्री आफूले नै बनाएको दाबी गर्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः मुलुकको भागडोर सम्हाल्ने चाहना व्यक्त गर्नुभएको छ ।

२०६५ सालमा ९ महिना र २०७३ सालमा ११ महिना प्रधानमन्त्री हुनुभएका अध्यक्ष दाहालको संघ र प्रदेशको सम्मुखमा फेरि प्रधानमन्त्री हुने चाहनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । दाहालको सार्वजनिक चाहनासँगै मुलुकको राजनीति र विशेषगरी सत्तारुढ गठबन्धनमा तरङ्ग सिर्जना भएको छ । पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई ३ वटै तहको निर्वाचनमा पहिलो बनाएर आगामी सरकारको नेतृत्व पनि आफैँ गर्ने मिसनसाथ अगाडि बढिरहनुभएको छ ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाको त्यही अभियानअनुसार नै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेको छ । सभापति देउवाको अबको ध्यान आगामी संघ र प्रदेशको चुनावबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने र त्यसपछि पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्नेतिर केन्द्रित छ । यसको लागि देउवा वर्तमान पाँच दलीय गठनन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिएर अर्को शक्तिशाली दल नेकपा एमालेलाई कमजोर बनाउने रणनीतिमा हुनुहुन्छ । तर, देउवाको रणनीतिमा धक्का पुग्नेगरी गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू पुनः प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्नुभएको छ ।

दाहालको चाहनाको अर्थ हो, आगामी निर्वाचनपछि पाँच दलीय गठबन्धनको तर्फबाट आफू प्रधानमन्त्री बन्ने अप्रत्यक्ष घोषणा । दाहालको प्रधानमन्त्री बन्ने चाहनासँगै पाँच दलीय गठबन्धनमा पुनःविवादको विजारोपण हुने देखिन्छ । किनकी कांग्रेसलाई पहिलो पार्टी बनाएर प्रधानमन्त्रीमा निरन्तर रहने देउवाको रणनीति र पुनः प्रधानमन्त्री बन्ने दाहालको चाहनाबीच वर्तमान गठबन्धनले निरन्तरता पाए पनि आगामी निर्वाचनपछि गठबन्धनको तर्फबाट को प्रधानमन्त्री बन्ने विवाद उत्पन्न हुने निश्चित छ । त्यसो त देउवाको मिसन र रणनीति आफ्नै पार्टीभित्र पनि चुनौतीपूर्ण छ । कांग्रेस महामन्त्री गगन थापाले आगामी संघ र प्रदेशको निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दावेदारी रहने सार्वजनिक गरिसक्नुभएको छ । महामन्त्री थापाको उक्त दावेदारीमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समर्थन रहेको छ ।

महामन्त्री थापाको दावेदारी सभापति देउवाको लागि मात्र नभई माओवादी केन्द्रका अध्यक्ष दाहालको चाहनामा पनि चुनौती बन्ने देखिन्छ । महामन्त्री थापाको युवा पुस्ताबीच लोकप्रियता देखिन्छ भने कांग्रेसभित्र पुस्तान्तरको विषय जल्दोबल्दो एजेण्डाको रूपमा देखिन्छ । कांग्रेसभित्र अझैपनि गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने आवाज निकै बलियो छ, जसको नेतृत्व स्वयं महामन्त्री थापाले गरिरहनुभएको छ । यसकारण पनि देउवाको मिसन, दाहालको चाहना र थापाको दावेदारीले सत्ताको बागडोर सम्हाल्ने विषयमा आगामी निर्वाचनपछि मुलुकको राजनीति पुनः एकपटक दिशाहीन हुने संकेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group