ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट


एबीसी / संवाददाता
असार १०, २०७९ शुक्रबार   ५ : ०५   बजे

भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ । उप-प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड आउने अनुमान गरिएको छ ।
त्यस्तै निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुका लागि १ अर्ब ३० करोड रकम छुट्याइएको छ, भने महानगरका २९ वटै वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रकम विनियोजन गरिएको छ । ठूला तथा रणनीतिक महत्वको पूर्वाधार निर्माणका लागि ६ करोड, ढल, सार्वजनिक शौचालय, ओभरहेड ब्रिज लगायतका पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रकम छुट्याइएको छ ।

यसै गरी शिक्षामा १३ करोड, स्वास्थ्यमा ७ करोड, मर्मत सम्भारका लागि ८ करोड तथा खानेपानी बोर्डलाई महिनाको ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापन तथा पार्कका लागि ७ करोड, सूचना प्रविधि तथा डिजिटल प्रणालीको लागि ३ करोड, रोजगार प्रबद्र्धनका लागि २ करोड ५० लाख, उद्योग तथा पर्यटनका लागि २ करोड ५० लाख, खेलकुदका लागि २ करोड छुट्याइएको छ ।

यसै गरी छोरी बीमा कार्यक्रमका लागि २ करोड, नागरिक विश्रामस्थलका लागि २ करोड, विपद् व्यवस्थापनका लागि २ करोड ४५ लाख ५२ हजार, करदाताको अभिलेख डिजिटलाइज्ड गर्न १ करोड तथा नागरिक सहायता केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै दीगो पूर्वाधार विकासका लागि ५० लख, प्रशासनिक खर्चका लागि ७५ करोड तथा लक्षित वर्ग कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group