ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट


एबीसी / संवाददाता

भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ । उप-प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड आउने अनुमान गरिएको छ ।
त्यस्तै निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुका लागि १ अर्ब ३० करोड रकम छुट्याइएको छ, भने महानगरका २९ वटै वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रकम विनियोजन गरिएको छ । ठूला तथा रणनीतिक महत्वको पूर्वाधार निर्माणका लागि ६ करोड, ढल, सार्वजनिक शौचालय, ओभरहेड ब्रिज लगायतका पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रकम छुट्याइएको छ ।

यसै गरी शिक्षामा १३ करोड, स्वास्थ्यमा ७ करोड, मर्मत सम्भारका लागि ८ करोड तथा खानेपानी बोर्डलाई महिनाको ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापन तथा पार्कका लागि ७ करोड, सूचना प्रविधि तथा डिजिटल प्रणालीको लागि ३ करोड, रोजगार प्रबद्र्धनका लागि २ करोड ५० लाख, उद्योग तथा पर्यटनका लागि २ करोड ५० लाख, खेलकुदका लागि २ करोड छुट्याइएको छ ।

यसै गरी छोरी बीमा कार्यक्रमका लागि २ करोड, नागरिक विश्रामस्थलका लागि २ करोड, विपद् व्यवस्थापनका लागि २ करोड ४५ लाख ५२ हजार, करदाताको अभिलेख डिजिटलाइज्ड गर्न १ करोड तथा नागरिक सहायता केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै दीगो पूर्वाधार विकासका लागि ५० लख, प्रशासनिक खर्चका लागि ७५ करोड तथा लक्षित वर्ग कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com