१. रेन्जमा हिचकिचावट
विद्युतीय सवारी साधनको चालकलाई सबैभन्दा ठूलो चिन्ता फुल चार्जमा आफ्नो गाडी कति गुढ्छ भन्ने हुने गरेको पाइन्छ । हुन त विक्रेता कम्पनीले एक पटकको फुल चार्जमा यति किलोमिटर रेन्ज पाइन्छ भन्ने गरेका छन् । तर, कम्पनीको दावी अनुसार बाटोमा चलाउँदा रेन्ज पाउन सकिदैन । कम्पनीले निर्धारण गर्ने रेन्ज उसको आरएण्डडी सेन्टरमा एक निस्चित वातावरण र गतिमा गर्ने हुँदा सडकमा गुडाउँदा फरक पर्ने हुन्छ । बाटोमा यात्रा गर्दा भने उकालो, कच्चीबाटो तथा एयरकन्डीसनको प्रयोगले गर्दा यस्को रेन्ज घटाउँछ ।
२. लामो रिचार्ज समय
बिद्युतीय सवारी साधनको अर्को समस्या भनेको रिचार्ज गर्न धेरै समय लाग्नु हो । बिद्युतीय सवारी विशेषत कारमा हुने चार्जर एक घरायसी प्रयोजनको लागि दिइएको चार्जर हो । यस्तो चार्जरबाट कार फुल रिचार्ज गर्न १२ देखि २० घन्टासम्म लाग्ने गर्छ । फास्ट चार्जर सहितको चार्जिङ पोइन्टहरु सर्वसुलभ नभएसम्म यो समस्या आइ रहन्छ । फास्ट चार्जरबाटै चार्ज गर्ने हो भने पनि ४५ मिनेटदेखि १ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । त्यसैले यति लामो समय कुर्न मानिसलाई अफ्ठ्यारो लाग्ने गरेको पाइन्छ ।
३. आफ्नो गन्तव्य र समय मिलाउन समस्या
एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि निश्चित दुरी पार गर्नु पर्ने हुन्छ । तर, अहिले बजारमा उपलब्ध धेरै जसो साधनको वास्तविक रेन्ज १५० देखि २५० किलोमिटर मात्रै भएकाले टाढा टाढाको गन्तब्य निर्धारण गर्न कठिन हुने गरेको पाइन्छ । अझ, कुनै गन्तब्यबाट अर्को स्थानमा पुगेर अचानक नयाँ स्थानमा जाने योजना बनेको खण्डमा विद्युतीय कारमा संभव छैन । त्यसको लागि ५० देखि १०० किलोवाटको डिसी चार्जर आवस्यक हुन्छ ।
४. सहरी बाटामा मात्र उपयुक्त
नेपालमा उपलब्ध इलेक्ट्रीक सवारी साधनहरु चीन, युरोप, अमेरिका तथा कोरिया जस्ता विकशित देशबाट आयात गर्ने भएकाले यस्ता सवारी साधनहरु नेपालको सबै स्थानका बाटाहरुमा चलाउन सकिदैन । ग्राउण्ड क्लियरेन्स एकदमै कम हुने भएकाले ग्रामीण भेगका बाटोमा यी सवारी साधन गुढाउन सकिदैन । त्यस्तै सबै स्थानमा बिजुलीको आपूर्तीमा एक रुपता नभएको र छिनछिनमा बत्ती गइरहने कारणले पनि ग्रामिण भेगमा इभी रिचार्ज गर्न गाह्रो हुन्छ ।
५. सोचेजस्तो वातावरणमैत्री छैन
इलेक्ट्रीक भेहिकललाई वातावरणमैत्री भनिएता पनि यसमा प्रयोग हुने मूख्य कम्पोनेन्ट व्याट्रीको व्यवस्थापनमा ठूलो समस्या रहेको छ ।
हाम्रो जस्तो देशले तत्काल व्याट्री रिसाइकल र डिस्पोज गर्ने उद्योग लगाउन सक्ने अवस्था छैन । यहि कारण कतिपय देशले इलेक्ट्रीक भेहिकल निर्यात गर्ने मुलुकहरुले व्याट्रीको आयु सकिएपछि उसकै देशमा फिर्ता लानु पर्ने सम्झौँता गरेर मात्र इभी बेन्च दिएका छन् । इभी रिचार्जमा क्लिन इनर्जीको प्रयोग भएता पनि व्याट्री व्यवस्थापनमा ठूलो समस्या आउने बिज्ञहरुले बताउँदै आएका छन् ।
६. धेरै महंगो
इलेक्ट्रीक भेहिकल नयाँ टेक्नलोजी भएकाले सहजै मास मार्केट उत्पादन बन्न नसक्ने देखिन्छ । अहिले सरकारले ५ हजार डलरको कम्बस्चन इन्जिन भएको गाडीमा १२ हजार डलर कर उठाउँदै आएको छ । तर, इलेक्ट्रीक गाडीमा धेरै कर नलगाएको कारण सस्तो भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा इभी धेरै महंगो रहेको छ ।
७. रिपेयरमा समस्या
इभीमा इन्जिनको रुपमा प्रयोग हुने मोटर, व्याट्री मेनेजमेन्ट सिस्टम लगायत अन्य धेरै पाटपुर्जाहरु इलेक्ट्रीक वा इलेक्ट्रोनीक हुने गर्छ, त्यहि कारण इभीमा केही समस्या आइहाल्यो भने यस्ता सवारीसाधन कम्पनीको आधिकारीक सर्भिस सेन्टरले मात्र मर्मत गर्न सक्छन् । अन्य सवारी साधन जस्तो बाटो छेउको जुनसुकै मेकानीक्सहरुले यस्ता सवारी साधन मर्मत गर्न सक्दैनन् ।
८. हाइवेमा रेन्ज कम हुने
सामान्यतया पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले सहरमा भन्दा हाइवेमा बढि माइलेज दिने गर्दछन् । तर इभीमा भने त्यसको ठिक उत्टो हुने गर्छ । इभीमा जडित रि–जेनेरेटिभ सिस्टमले हाइवेमा रिचार्ज गर्न सक्दैन । सहरी क्षेत्रमा भने निरन्तर ब्रेक लगाइरहनु पर्ने भएकाले इभीले हाइवेमा भन्दा बढी रेन्ज प्रदान गर्छ ।
९. रिसेलमा अन्योल
सामान्यतया पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरु आवश्यक पर्दा बेच्नका लागि खासै समस्या पर्दैन । आफूलाई आवश्यक परेको समयमा रिकन्डिसन हाउसहरुमा तुरुन्तै विक्री गर्न सकिन्छ । तर, नेपाली रिसेल मार्केटमा इलेक्ट्रीक भेहिकल विक्री गर्न त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने अन्योल रहेको छ । इभीको मुख्य कम्पोनेन्टको रुपमा रहेको व्याट्रीको मूल्यांकल गर्ने मेकानीजम नभएकाले यस्तो समस्या भएको हो ।
१०. अर्थ व्यवस्थामा नमिल्दो
यदि इभीको व्यापक प्रयोग हुने हो भने पेट्रोलीयम पदार्थको अर्थव्यवस्था धरासायी हुन सक्छ । त्यही कारण विश्व अर्थव्यवस्थामा ठूलो असर पर्ने अनुमानहरु सुरु भएका छन् । पेट्रोलियम पदार्थ भण्डारण भएका अरवियन तथा अन्य मूलुकहरु एकै पटक बैंकरप्ट हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै धेरै स्वरोजगार भएका मेकानीक्सहरुको रोजगारी रोजगारी समेत खोसीन सक्छ । इभीमा पेट्रोलीयममा जस्तो कन्जुमेबल पार्टस धेरै नहुने भएकाले लुब्रिकेन्ट, एयरफिल्टर जस्ता पार्टस बनाउने साना उद्योगहरु बन्द हुन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्