ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको तैरिरहेको रेष्टुरेन्ट साउथ चाइना सागरमा डु,ब्यो


एबीसी / संवाददाता
असार ८, २०७९ बुधबार  १२ : ५८ बजे

एजेन्सी । तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ । झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ ।एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुःखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जानकारी दिएको छ ।

उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो । महारानी, ​​टम क्रुज र रिचर्ड ब्रान्सन लगायतका ३० लाख भन्दा बढी पाहुनाहरूले विगतका वर्षहरूमा यहाँको क्यान्टोनिज खानाको आनन्द लिएको विश्वास गरिन्छ ।यसलाई धेरै चलचित्रले पनि स्थान दिएको थियो । तर महामारी सुरु भएपछि मानिसहरुबीच भेटघाट, खानपिन बन्द भएपछि यसले यो रेष्टुरेन्टलाई ठूलै चोट प्रहार गर्यो ।उक्त रेष्टुरेन्टलाई डोरीमा बाँधेर यात्रा गराउनु अघि समुद्री इन्जिनियरहरूलाई निरिक्षणमा लगाइएको थियो ।

उक्त रेष्टुरेन्टका मालिकका अनुसार इन्जिनियरले यसलाई यात्रा गराउन ‘ग्रिन सिग्नल’ दिएपछि मात्रै आफूहरुले कामको थालनी गरेका थिए ।नयाँ सञ्चालक अन्तर्गत यो रेष्टुरेन्टलाई एक अज्ञात स्थानमा राखिने योजना बनाइएको थियो । ‘तर आइतबार प्रतिकूल अवस्थाको सामनापश्चात् यो रेष्टुरेन्ट डुब्यो,’ एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले भनेको छ ।‘घटनास्थलमा पानीको गहिराइ हजार मिटर भन्दा बढी छ, यसले उद्धार कार्यमा बाधा पुर्याइरहेको छ,’ कम्पनीले जनाएको छ ।उक्त रेष्टुरेन्टले वर्षौंदेखि आर्थिक समस्याहरूको सामना गरिरहेको थियो । अपरेटर मेल्को इन्टरनेशनल डेभलपमेन्टले अघिल्लो महिना सन् २०१३ देखि यहाँको व्यापार नाफामा नरहेको र ठूलो घाटा भइरहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com