काठमाडौं , ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।








प्रतिक्रिया दिनुहोस्