निर्वाचनभन्दा अघि सरकार बदल्ने धन्दामा छैनौं
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताएका छन् । एबीसी टेलिभिजनको विशेष कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उहाँले गठबन्धनका कुनै पनि दलको समर्थनमा एमाले प्रधानमन्त्री नबन्ने र प्रस्ताव पनि नगर्ने बताएका हुन् ।
“यो गठबन्धन रहोस् भनेर पशुपतिनाथसँग प्राथना गर्दछु, यो जोगिन्छ पनि सायद, यो निर्वाचनभन्दा अगाडि सरकार बदल्ने, समिकरण बदल्ने धन्दामा छैनौं । कसैलाई समर्थन गर्दैनौं, कसैको समर्थन्मा प्रधानमन्त्री पनि बन्दैनौं ।”, उनले भने ।
गठबन्धन टिकाउन जसले जे गरेपनि हुने, यस्तो नेपालमा हुन सक्छ ? त्यस्तो अर्को सम्भावना छ ? हितकारी छ ? यो रहला वा नरहला तर, यसमा हात नहाल्ने भनाइ उनले राखेका छन् । विगतमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार ढालेर काँग्रेसको पछि लागेको भन्दै उनले विगतमा नेकपामा रहेका नेताहरु ताइबाट उम्केर भुङ्ग्रोमा परेको संञा दिए । स्थानीय निर्वाचनमा सीट संख्यामा एमाले दोस्रो भएपनि मतसंख्यामा एमाले देशको प्रमुख पार्टी भएको दाबी गरे ।
“गठबन्धन कति वटा दल हो ? काँग्रेस, माओवादी वा अरु दलहरु नभईकन एउटा गठबन्धन भन्ने दल हो भने पहिलो भएको हो । आउने निर्वाचन र संसदमा पनि सिंगल मेजोरिटी नल्याएपनि एमाले लार्जेस्ट पार्टी हुनबाट कसैले रोक्न नसक्ने जिकीर उनको छ ।
भिडियो
प्रतिक्रिया दिनुहोस्