काठमाडौं, ४ असार , धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइसकेको छैन ।ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाडौं लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्