ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्वको सरकारले “नो एसपीपी” भनेको तथ्य भेटियो ( यस्तो छ पत्र)


एबीसी / संवाददाता

काठमाडौं, ४ असार । अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई दुईपक्षीय सम्झौताकै रुपमा अघि बढाएर नेपाललाई इण्डो प्यासिफिक सैनिक रणनीति (आईपीएस) को अंग बनाउने प्रयासलाई केपी शर्मा ओली नेतृत्वको सरकारले अस्थायी रुपमा ब्रेक लगाएको तथ्य भेटिएको छ।

केपी शर्मा ओली प्रधानमन्त्री, ईश्वर पोखरेल रक्षामन्त्री र प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री रहेका बेला ०७६ पुस ७ गते परराष्ट्र सचिवको संयोजकत्वमा एसपीपीबारे अध्ययन गर्ने कार्यदल गठन भएको थियो। कार्यदलमा रक्षा सचिव र गृहसचिव समेत संलग्न थिए। यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता

यो कार्यदलले आएपीएसको अंग बनेको एसपीपीमा नेपाल संलग्न बन्न नहुने निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। सन् २०१९ जूनमा प्रकाशित आईपीएसको प्रतिवेदनमा नेपाल र श्रीलंका आईपीएसको सदस्य बनेको खुलासा भएपछि ओली सरकार झस्किएको थियो। त्यसलगत्तै एसपीपी प्रोग्राम आईपीएसको अंग हो कि होइन भन्नेबारे अध्ययन गर्न सरकारले कार्यदल बनाएको हो। अमेरिकी दूतावास एवं नेपाल भ्रमणमा आएका उटाह नेशनल गार्डका ब्रिगेडियर जनरलको प्रस्तावमा उल्लेखित सम्झौतापत्रमा रहेका प्रावधानलाई कार्यदलले मसिनो गरी केलाएको थियो। प्रस्तावबारे दफाबार विश्लेषण गर्दै कार्यदलले भनेको थियो, ‘यसले हाम्रो असंलग्न सिद्धान्त, स्वतन्त्र परराष्ट्र नीति र शान्तिप्रतिको हाम्रो प्रतिवद्धतालाई चुनौती दिन्छ।’

हेर्नुहो : एसपीपी सम्झौताको प्रस्तावबारे परराष्ट्र सचिव नेतृत्वको कार्यदलले निकालेको निष्कर्षका १८ बुँदाहरु–

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com