ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे छलफलमा भीम रावल र परराष्ट्रमन्त्रीबीच भनाभन


एबीसी / संवाददाता

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का सांसद डा. भीम रावल र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भनाभन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा डा. रावल र मन्त्री खड्काबीच भनाभन भएको हो ।

समितिमा डा. रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले अमेरिकी दुतावासले नेपालले नचाहेमा एसपीपी सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताउनुभयो । उहाँले कागजातको अध्ययन गरेर राष्ट्रिय हीत विपरीत काम गर्नेहरूलाई कानूनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताउनुभयो । सांसद रावलले कोही नेपालीले पनि सैन्य सम्झौता गर्न नचाहेको स्मरण गराउँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । सांसद रावलले देशको परराष्ट्रमन्त्रीले देशव्यापी रूपमा भइरहेको बहसको विषयमा प्रवेश गर्नै नचाहनुले झन आशंक उत्पन्न गराएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्रनीति, नेपालको स्वाधीनता स्वतन्त्रता सरकार, व्यक्ति, मन्त्री विशेषसँग मात्र सरोकारको विषय नभएको जिकिर गर्दै उहाँले बहसको पूर्ण जानकारी नहुन्जेल सहमतिमा जान नसक्ने बताउनुभयो ।

‘अमेरिकाको राज्य साझेदारी कार्यक्रम अर्थात् स्टेट पार्टनरसिप प्रोग्रामका सम्बन्धमा देशमा भइरहेको व्यापक बहसलाई नै केन्द्र भागमा राखेर कुरा गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीजीले नकोट्यायौँ भन्नुभयो, त्यो भन्न मिल्दैन, यत्रो बहसको विषयमा सम्पूर्ण तथ्यहरु नेपाली जनताले थाहा पाउनुपर्छ ।’ सांसद रावलले नेपाली सेनाले दिनैपिच्छे फरक कुरा गर्न नमिल्ने बताउनुभयो । उहाँले नेपाली सेना देशको सुरक्षाको अन्तिम र सुरक्षा संयन्त्र भएको उल्लेख गर्दै यस्ता समस्यामा पर्ने हो भने राष्ट्रिय सुरक्षाको आधार नै भताभुङ्ग हुने बताउनुभयो । सांसद रावलले प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिएको दाबी गर्दै अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्नुले परराष्ट्रनीतिको खिल्ली उडाएको बताउनुभयो ।

‘प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभयो,’ उहाँले थप्नुभयो, ‘हुँदा-हुँदा उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्दै यो त नेपालको हीतमा छ भनेर बोल्नुभयो, देशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने यो देशको स्वतन्त्र परराष्ट्रनीतिको रक्षा हुनसक्छ ?’ सांसद रावलले यति भनेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्का र सांसद रावलबीच भनाभनसमेत भएको थियो । सांसद रावलले सन् २०१९ मा इण्डोप्यासिफिक रिपोर्टमा नेपाल जोडिएको कुरा उल्लेख गरिएको भन्दै यसलाई ख्याल-ख्यालमा नकोट्याइरहन नसकिने बताउनुभयो । उहाँले सरकारले सम्झौता, सन्धी गर्ने र जोडिएको रिपोर्ट आउने कुरा खेलाँची नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com