ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध


एबीसी / संवाददाता

काठमाडौँ, ३ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्।

बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत दिने भन्दा पनि मँहगी बढाउने नेकपा एमालेले दावी गरेको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत बजेट चालू तर्फ १२ अर्व २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै अन्तरसरकार वित्तिय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेको छ। सरकारले उपलब्धि हुने गरी बजेट ल्याएको दाबी गरेपनि सत्ता पक्षकै सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका छन्। यो बजेटले प्रदेशका जनताको जीवनस्तरमाथि नउकास्ने दाबी गर्दै टुक्रे योजना ल्याएर पुरानै प्रवृत्ति दोहोरिएको आरोप सत्तापक्षकै सांसदहरुको छ। विपक्षी दल नेकपा एमालेले त झन् हावादारी तरिकाले बजेट ल्याएको आरोप लगाएको छ। घाटाको बजेट र सबै पुरानै कुराहरु समावेश भएको बजेट कुनै नौलो नभएको उनीहरुकाे भनाइ छ। यो बजेटले जनतालाई राहत दिने भन्दा पनि मँहगी बढाउने एमालेको दावी छ । मन्त्रालयका सचिवलाई बेवास्था गरेर होटलमा बसेर सामान्य कर्मचारीबाट बजेट बनाएर ल्याएको आरोप लगाउदै विपक्षी दलका सांसदले रातो किताबमा परेका अधिकांश योजना बिक्री वितरण भइसकेको उनीहरुको आरोप छ।

सरकारले जनतालाई राहत हुने गरी र सुदूरपश्चिमको विकासमा योगदान दिनेखालको बजेट भनेपनि सत्ता पक्षकै सांसद र विपक्षीले यो बजेटमाथि निकै प्रश्न उठाएका छन्। यति मात्रै नभइ बिचौलीयाहरुका मागमा होटेलको कोठाबाट बजेट आएको सांसदहरुले आरोप लगाएका छन्। यसमा कति सत्यता छ सरकारले जवाफ दिनै पर्ला।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या

सम्बन्धित

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

यौन दुर्व्यवहारका आरोपीलाई दिएको नियुक्तिले बोरिस जोन्सनको सत्ता संकटमा

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

अर्थमन्त्री शर्माले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com