ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला र बालिकालाई अभद्र व्यवहार गरेपछि पक्राउ परेकी मन्त्री खत्रीलाई रातारात बुटवल पठाइयो


एबीसी / संवाददाता
असार १, २०७९ बुधबार  ८ : ११ बजे

दाङ, १ असार । तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मंगलबार राति बुटवल पठाइएको छ ।तुलसीपुरमा प्रेमी भनिएका एक व्यक्तिको परिवारमा गएर उनकी पत्नी र छोरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएर मंगलबार दिनभर जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको थियो । मंगलबार राति नै उनलाई बुटवल पठाइएको हो ।

संसद् चलिरहेको र वहालवाला मन्त्री भएका कारण प्रदेश सरकारको आग्रहमा राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेश काफ्लेले बताए । उनीविरुद्ध तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता हुन भने सकेको छैन ।जाहेरी दर्ता नहुँदै खत्रीलाई बुटवल पठाइएको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन् । प्रदेश सरकारसँग समन्वय गरेर जाहेरी दर्ता गर्ने या के गर्ने भन्नेबारे निष्कर्षमा पुगिने एसपी काफ्लेले बताए । मिनाका श्रीमान् एकराज बस्नेतलाई नियन्त्रणमा लिएपछि घटनाबारे थप अनुसन्धान हुने र त्यसका आधारमा अन्य प्रक्रिया थालिने उनले बताए ।

प्रहरी एकराजको नजिक पुगिसकेको र आजै सम्पर्कमा ल्याइने उनले बताए ।खत्रीले मंगलबार बिहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट, हातपात र अभद्र व्यवहार गरेको भन्दै मिनाले जाहेरी दिएकी छन् । अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो ।त्यसपछि स्थानीय बासिन्दा इलाका प्रहरी कार्यालय पुगेर खत्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । नाराबाजीकाबीच इलाका प्रहरी कार्यालयबाट खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याइएको थियो ।मिनाका श्रीमान् एकराज बस्नेत घरमा नभएको बेला खत्री घरको गेट ढकढकाउन पुगेकी थिइन् ।

मिनाले गेट खोलेपछि खत्री सिधै घरभित्र प्रवेश गरी ‘मेरो एकराज खोई ? एकराज मेरो श्रीमान् हो’ भन्दै तोडफोड गर्न थालेको जाहेरीमा उल्लेख छ । एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो । फेसबुकमार्फत उनीहरुको फोटो सार्वजनिक भएपछि त्यसबेला उनीहरुले सम्बन्ध अस्वीकार गरेका थिए ।खत्री २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट प्रदेश सांसद्मा निर्वाचित भएकी हुन् । दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि श्रीमती खत्रीले टिकट पाएकी थिइन् । सर्वोच्चको आदेशमा नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com