काठमाडौं, ३१ जेठ । स्थानीय चुनावको समीक्षा गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा नेपाली कांग्रेसले दम्भ र माओवादी केन्द्रले अहंकार देखाएको रिपोर्टिङ भएको छ ।मंगलबारदेखि सुरु भएको स्थानीय कमिटीको बैठकमा ७ वटै प्रदेशबाट रिपोर्टिङ भएको थियो । ‘जुन ढंगले गठबन्धन हुनुपर्ने हो, त्यसरी कार्यान्वयन भएन’, बैठकमा भएको रिपोर्टिङबारे जानकारी गराउँदै नेता बलाराम बास्कोटाले भने, ‘कांग्रेसले दम्भ देखायो, माओवादीले अहंकार देखायो ।’
प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेशबाट रामचन्द्र यादव, वागमतीबाट सावित्रा भुसाल, गण्डकीबाट केशवलाल श्रेष्ठ, लुम्बिनीबाट भागवत विश्वासी, कर्णालीबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा शाहले रिपोर्टिङ गरेका थिए ।
कांग्रेसको दम्भ र माओवादीको अहंकारकै कारण परिणाम सोचेजस्तो नआएको नेताहरुको निष्कर्ष छ । अध्यक्ष माधव नेपालले पेस गरेको प्रतिवेदनमा समेत ‘गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको’ उल्लेख गरिएको छ ।एकीकृत समाजवादीले एक महानगरपालिका प्रमुख, एक उपमहानगर प्रमुख, १० नगर प्रमुख, ८ गाउँपालिका प्रमुख जितेको छ । ११ नगर उपप्रमुख, १२ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३९० खुला सदस्य गरी ९८७ स्थानीय जनप्रतिनिधि जितेको छ ।
महानगर र उपमहानगर प्रमुखका साथै ५र५ नगर र गाउँपालिका प्रमुख, ६ नगर उपप्रमुख, ११ गाउँपालिका उप्रमुख गठबन्धनबाट जितेको भन्दै अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भन्नुभएको छ , बाँकी हामीले एक्लै जितेका हौं । वडाध्यक्ष र सदस्यहरु त लगभग सबै नै हामीले एक्लै जितेका हौं ।’
प्रदेशगत रुपमा रिपोर्टिङ गर्ने केही नेताहरुले एकीकृत समाजवादीलाई एमालेविरुद्ध उभ्याएर आफूले फाइदा लिने काम कांग्रेस र माओवादीले गरेको बताएका छन् । एमालेकै केपी ओली समूहसँग मिल्नुपर्ने सुझाव दिएका थिए । ‘एमालेविरुद्ध एकीकृत समाजवादीलाई उभ्याउने र त्यसको फाइदा आफूहरुले लिन कांग्रेस–माओवादी सफल भए,’ स्थायी समिति सदस्य श्रीप्रसाद साहले बैठकमा आएको सुझावबारे भन्नुभयो , ‘यसरी बेइमानी हुन्छ भने गठबन्धनमा रहने कि नरहने भन्ने कुरामा पुनर्विचार गर्नुपर्छ भन्ने मत पनि आएको छ ।’ उाँहले अगाडि भन्, ‘जसरी कांग्रेस र माओवादीले विभिन्न ठाउँमा एमालेसँग सहकार्य गरे, हामी पनि एमालेभित्रको केपी ओली विरोधी समूहरुसँग किन नजाने ? जानुपर्छ । त्यतातिर पनि हामी सोच्ने कि भन्ने सुझाव पनि आएको छ ।’








प्रतिक्रिया दिनुहोस्