ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्रको टुंगो लगायो, अचम्मका पात्र


ABC NEWS
माघ ३, २०७४ बुधबार   ९ : ५२   बजे

काठमाडौं ३ माघ । नयां जनादेश अनुसार सत्ता हस्तान्तरणमा ढिलाई गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसभित्रै असन्तुष्टी बढेपछि सरकार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न तयार भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्ने भएको छ।

सरकारका रहेका दल र तिनैका मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सहमति भएको सञ्चारमन्त्री मोहन बस्नेतले एबीसीलाई बताए ।

बस्नेताका अनुसार प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई तोक्ने तयारी भएको छ । उनी माइती नेपालकी संस्थापक अध्यक्ष तथ कांग्रेस निकटद हुन् ।

प्रदेश १ मा प्राध्यापक गोविन्द सुब्बा र प्रदेश ४ मा बाबुराम कुँवर प्रमुख तोक्ने तयारी भएको छ । यी दुवै जना सार्वजनकि चर्चा बाहिरका मानिस हुन् ।

प्रदेश ६ मा कृष्णकेशरी खनाल र प्रदेश ७ मा मोहनराज मल्ल लाई प्रमुख तोक्ने तयारी भएको छ ।
प्रदेश २ र ५ मा राजपा र संघीय समाजवादी फोरमले सिफारिश गर्ने व्यक्तिलाई प्रमुख तोक्ने सरकार सम्बद्र स्रोतले जानकारी दियो ।

प्रदेशको अस्थायी केन्द्रबारेमा विभिन्न विवाद र दलहरुकै बीचमा सहमति नभएपनि आज बस्ने बैठकले तोक्ने बताइएको छ ।

सरकारी स्रोतका अनुसार प्रदेश १ को विराटनगर , २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी केन्द्र तोकिने भएको छ ।
प्रदेशको केन्द्रका बारेमा १ नं. प्रदेश, ५ नं. र ७ नंंं. बढ्ता विवाद देखिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group