ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेता भीम रावल सरकारमाथि खनिए


एबीसी / संवाददाता

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाउनुभएको छ ।

सोमबार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको छ। उहाँले निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गरेको बताउदै अहिले अमेरिकाले पैसा दियो भनेर सैन्य गठबन्धनमा सामेल हुन खोजेको उल्लेख गर्नुभयो। आर्थिक सहयोगका नाममा कसैले पनि कुनै देशलाई सामरिक रुपमा धकेल्न नहुने भन्दै उहाँले प्रधानमन्त्रीको अमेरिकी भ्रमणका विषयमा बुझ्न संसदीय समितिमा बोलाउन समेत माग गर्नुभयो ।

एमालेकै अर्का सांसद नारदमुनि रानाले विगतमा राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको भन्दै अहिले शासन सत्ता सेनालाई बुझाउन खोजिएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एशिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चाल्र्स ए फ्लिन नेपाल आउनु संयोग मात्र हो कि के हो भनेर प्रश्न समेत गर्नुभएको छ । मुलुकको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको भन्दै उहाँले युक्रेनका विषयमा बोलेर नेपालले ठिक नगरेको पनि बताउनुभयो । अर्का एमाले सांसद मोहन बानियाँले नेपालमा पाँच हजार अमेरिकी सेना गुप्त रुपमा बसेको दावी गर्नुभएको छ। उहाँले ५५ अर्बको लोभमा एमसीसी भित्र्याएर मुलुकलाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो । परराष्ट्र नीति सम्बन्धमा गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का भने उपस्थित हुनु भएन् ।

बजेटमाथि उठेका जवाफ दिनुपर्ने भएकाले उपस्थित हुन असमर्थ रहेको जानकारी मन्त्री खड्काले गराएको सभापति पवित्रा निरौला खरेलले जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

सम्बन्धित

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसदमा विवाद, रेकर्डबाट हटाइयो

एमालेलाई प्रधानमन्त्रीको प्रतिप्रश्न– अध्यादेशमा ७ वर्ष किन नराखेको त ?

प्रधानमन्त्रीको स्पष्टीकरण : बंगलादेश मोडल मेरो प्रस्ताव होइन

प्रतिनिधि सभा बैठक सुरु : LIVE

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com