ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहको माग


एबीसी / संवाददाता
जेष्ठ २९, २०७९ आईतबार  १२ : १० बजे

काठमाडौँ, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएको छ ।

महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भइरहेको समेत उहाँले बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरूसँग एक चरण छलफल गरिसकेको पनि बताउनुभएको हो । उहाँले प्रत्येक महिनाको पहिलो सोमबार उनीहरूसँग छलफल गर्ने सहमति समेत भएको बताउनुभयो। त्यस्तै उहाँले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादनको काम पनि थाल्नुपर्ने भएको बताउनुभएको छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दुर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

बैैठकमा वडाध्यक्षहरुले धुलो बढार्ने ब्रुमरको प्रयोग हुन नसकेको विषय उठाएकोमा मेयर साहले ३ दिनभित्र ब्रुमरको चालक ब्यवस्था हुने र त्यसपछि ब्रुमर सञ्चालनमा आउने जानकारी दिनुभयो । बैैठकमा सहभागी वडाध्यक्षहरूले ढल ब्यवस्थापन विभागले सहयोग सर्वसाधारणबाट पैसा प्रत्येक महिना उठाउनुपर्ने समेत बताएका छन् । तर ढलको ब्यवस्थापन नगर्दा अप्ठेरो भएको भन्दै त्यसमा तत्काल कदम चाल्नुपर्नेमा पनि वडाध्यक्षहरूले जोड दिएका छन् । साथै उनीहरुले बैठकमा फोहोर बापत घरघरबाट उठाउने गरिएको पैसा कहाँ गएको छ भन्ने विषयमा पनि महानगरपालिकाले खोजी गर्न ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएपछि फोहोर बापत तिर्नुपर्ने शुल्क पनि घट्नुपर्ने माग पनि वडाध्यक्षहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com