ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहको माग


एबीसी / संवाददाता

काठमाडौँ, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएको छ ।

महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भइरहेको समेत उहाँले बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरूसँग एक चरण छलफल गरिसकेको पनि बताउनुभएको हो । उहाँले प्रत्येक महिनाको पहिलो सोमबार उनीहरूसँग छलफल गर्ने सहमति समेत भएको बताउनुभयो। त्यस्तै उहाँले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादनको काम पनि थाल्नुपर्ने भएको बताउनुभएको छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दुर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

बैैठकमा वडाध्यक्षहरुले धुलो बढार्ने ब्रुमरको प्रयोग हुन नसकेको विषय उठाएकोमा मेयर साहले ३ दिनभित्र ब्रुमरको चालक ब्यवस्था हुने र त्यसपछि ब्रुमर सञ्चालनमा आउने जानकारी दिनुभयो । बैैठकमा सहभागी वडाध्यक्षहरूले ढल ब्यवस्थापन विभागले सहयोग सर्वसाधारणबाट पैसा प्रत्येक महिना उठाउनुपर्ने समेत बताएका छन् । तर ढलको ब्यवस्थापन नगर्दा अप्ठेरो भएको भन्दै त्यसमा तत्काल कदम चाल्नुपर्नेमा पनि वडाध्यक्षहरूले जोड दिएका छन् । साथै उनीहरुले बैठकमा फोहोर बापत घरघरबाट उठाउने गरिएको पैसा कहाँ गएको छ भन्ने विषयमा पनि महानगरपालिकाले खोजी गर्न ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएपछि फोहोर बापत तिर्नुपर्ने शुल्क पनि घट्नुपर्ने माग पनि वडाध्यक्षहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com