ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालकहरु टुङ्गोमा पुग्न नसक्दा विमानस्थलकै भविष्य अन्योलमा


एबीसी / संवाददाता
जेष्ठ २८, २०७९ शनिबार  ४ : ०८ बजे

काठमाडौँ, २८ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्ने विषयमा अधिकांश वायुसेवा सञ्चालकहरू अझै टुङ्गोमा पुग्न नसक्दा विमानस्थलकै भविष्य अन्योलमा परेको छ । सञ्चालनमा आएको महिनादिन बित्न लाग्दासमेत कुवेतको जजीरा एअरवेजबाहेक अन्य कम्पनीले उडानमा चासो देखाएका छैनन् । जजीराले एक सातामा तीनवटा उडान भर्दै आएको छ ।

जजीराले सातै दिन विमान उडाउने योजना पनि बनाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर त्यसबाहेक अन्य वायुसेवा सञ्चालकहरू भने अझै पर्ख र हेर कै रणनीतिमा छन् । अधिकारीहरूका अनुसार भैरहवास्थित विमानस्थलबाट सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरू इच्छुक रहे पनि त्यसबारे सम्झौता हुन सकेको छैन । जजीराबाहेक एअर अरेबियाले जुन १५ तारिख आसपास उडान सुरु गर्ने योजना बनाएको जनाएको थियो । तर, औपचारिक रूपमा उसले उडान सञ्चालनको प्रक्रिया अघि बढाइसकेको छैन । फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन । नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन ।

नयाँ विमानस्थलमा कम्पनीहरूलाई आकर्षण गर्नका लागि सरकारले विभिन्न छुटको समेत व्यवस्था गरेको छ । तर, त्यसले पनि सेवा प्रदायकहरूलाई औपचारिक प्रक्रिया अघि बढाउनका लागि प्रेरित भने गर्न सकेको छैन । जजीरा एअरलाइन्सबाट भैरहवा-कुवेत उडानमा पछिल्ला केही दिनमा औसतमा १ सय ५० यात्रु र कुवेत-भैरहवा उडानमा १ सय १५ को हाराहारीमा यात्रु रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता औंल्याएको छ । वायुसेवा सञ्चालकहरूले भैरहवास्थित नयाँ विमानस्थलमा धेरै चासो नदेखाउनुको एउटा कारण काठमाण्डाैँबाटै सहज रूपमा यात्रु पाउनु पनि रहेको अधिकारीहरू बताउँछन् ।

त्यसबाहेक नयाँ गन्तव्यबाट उडान थाल्न थुप्रै प्राविधिक पक्ष पनि छिचोल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com