काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई हिमालय होटलमा रात्रिभोज गराउने भएका छन् ।
अभिमुखीकरणका लागि बुधबार काठमाडौं आएका २४९ जना जनप्रतिनिधिलाई प्रचण्डले रात्रिभोज दिन लागेका हुन् ।
माओवादीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरुलाई प्रचण्डसहितका नेताले अहिले प्रशिक्षण दिएका छन् ।
काठमाडौंको कुमारी हलमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रममा भाग लिन २४९ जना जनप्रतिनिधि सहभागी छन् ।
माओवादीले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभरि १२१ जना पालिका प्रमुख जितेको छ। त्यस्तै १२८ जना उपप्रमुख जितेको छ।








प्रतिक्रिया दिनुहोस्