काठमाडौं, १८ जेठ । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ।मंगलबार बजेटमाथि सुझाव प्रस्तुत गर्दै महामन्त्री मोहनविक्रम सिंहले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गरिने भनेपनि बजेटमा त्यो विषय छुटाएको भन्दै असन्तुष्टि जनाएका छन्।यस्तै, मसालले संविधानमा समाजवाद उन्मुख भनिएपनि बजेटमा त्यसबारे कुनै कार्यक्रम नरहेको जनाएको छ।मसालले संघीयता र एमसीसी खारेज गर्नुपर्ने कुरामा जोड दिएको छ।परराष्ट्र नीतिबारे चर्चा गर्दै मिचिएको भूमि फिर्ता गर्न पहल गर्नुपर्ने र सन्तुलित विदेश नीति अपनाउनुपर्नेमा जोड दिएको छ।
त्यस्तै, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन जोड दिइएको छ।
यस्तो छ वक्तव्य








प्रतिक्रिया दिनुहोस्