पाल्पा, १२ जेठ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना नेता कार्यकर्तालाई प्रहरीले तानसेन आन्दोलन चोकबाट पक्राउ गरेको छ । घोषित कार्यक्रम अनुसार तानसेनको आन्दोलनचोकमा सरकारी सवारीसाधन रोक्न खोज्ने युवा र विद्यार्थी सङ्गठनका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । सवारीसाधन रोकेर सडक जाम गर्ने युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी बिरेन्द्र थापाले बताउनुभयो ।
प्रहरीले युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याललाई गिरफ्तार गरिए जिल्ला प्रहरी कार्यालयमा राखिएको थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्