काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सभामुखमाथि आरोप लगाएका हुन् ।
‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरुको भदौ १ गते सम्माननीय सभामुखकहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ?कुनै मर्यादा राख्न नपर्ने ?’ उनले प्रश्न गरे ।








प्रतिक्रिया दिनुहोस्