ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेक्सासमा अन्धाधुन्ध गोली आक्रमण, १८ बालबालिकासहित २१ को मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, ११ जेठ । अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो।

प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन्। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी आफ्नो गाडीमा चढेर आएका थिए र हाते बन्दुकसहित विद्यालयभित्र प्रवेश गरेका थिए।

त्यसपछि उनले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। अनुसन्धाताका अनुसार रामोसले घरबाट बाहिर निस्किनुभन्दा पहिला पनि आफ्नी हजुरआमाको हत्या गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्। यो घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् तर उनीहरुको चोट भने गम्भीर नरहेको प्रहरीले बताएको छ।

१० दिनअघि मात्र अमेरिकाको न्युयोर्कमा भएको गोली आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो। पछिल्लो समय अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणको घटना बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...