ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका थापालाई हराउँदै पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु विजयी


एबीसी / संवाददाता

पोखरा , ११ जेठ ।  पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्। त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन।गएराति मध्यरातमा सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ५ हजार ६सय ७४ मत पाए। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत पाए।पोखरा महानगरपालिकाको उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ बिजयी भएकी छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन्। मंगलबार राति सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन्।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ५ सय १२ मतदाता रहेकोमा वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २२ असार ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

काठमाडौं, २२ असार ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

काठमाडौं, २२ असार ।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा

सम्बन्धित

पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने

आजै संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे यथार्थ सार्वजनिक गरौं : उपसभापति खड्का

मंसिर २ या ५ मा चुनाव गराउन प्रस्ताव गर्दै आयोग : आज आयोगले प्रधानमन्त्री देउवालाई भेट्ने

अर्थमन्त्रीबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्‌को निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com