ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारबाट वडा अध्यक्ष बनेका आचार्यको पहिलो काम अपाङभत्ता दिने सिफारिस


एबीसी / संवाददाता

काठमाडौं, १० जेठ ।  धादिङको धुनिबेशि नगरपालिकाको वडा ६ मा निर्वाचित भएका वडा अध्यक्ष रमेश प्रसाद आचार्यले पदभार ग्रहण गरेसंगै कार्य कक्षमा सहिदको फोटो राखी काम सुरु गरेका छन् । पद भार ग्रहण गर्दैे कार्यकालको शुभारम्भ कार्यकक्षमा सहिद बैकुण्ठनाथ रेग्मी ९रोशन० को तस्वीर राखी सहिदहरुप्रति सम्मान गरेका हुन । उनले दमाई तामाङको छोरा सुनिल तामाङको पुर्ण अपांगता भत्ताको लागि सिफारिस प्रदान गरि पहिलो निर्णय समेत गरेका हुन ।

पत्रकारिता पेशाबाट राजनीतिमा लागेका अत्यन्तै सरल, मिलनसार तथा लगनशिल वडा अध्यक्ष आचाार्यले ६ नम्बर वडाका दुई सरकारी विद्यालयमा चालु शैक्षिकसत्रबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने भएका छन् । साथै स्वास्थ्य शिक्षाको स्तरउन्नति गर्न महत्त्वपूर्ण निर्णयका साथ अन्य सरोकारवाला निकायहरुसंग थप परामर्श गरी आफ्नो कार्यकालमा आम नागरिकलाई सेवा दिने तर्फ आफ्नो ध्यान सदैव रहने वडा अध्यक्ष आचार्यले बताएका छन् ।
आफ्नाको ५ वर्षे कार्याकालमा मुख्य प्राथमिकताका विषयहरु समेत अध्यक्ष आचार्यले प्राथमिकता राखेका छन् ।

१। ६ नम्बर वडामा रहेका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठनको ब्यबस्था यसै शैक्षिक सत्रदेखि सुरु गर्ने । वर्ष बाट गर्नेछु ।

२।कालिदेभी आधारभुत विद्यालयलाई स्तरोन्नती गरि १० कक्षासम्म पठनपाठन सञ्चालन गरी प्राबिधिक विद्यालय सञ्चालनमा जोड दिने ।

३। एक घर एक खानेपानी धारा पुर्ण रुपमा लागू गरि सक्ने ।

४। बृद्धा, अपाङ र अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण तत्काल सुरु गर्ने र आधारभूत औषधिहरु प्रभावकारी रुपमा स्वास्थ्य संस्थासंग समन्व्य गरि वितरण गर्ने ।

५।वडामा रहेको नौबिसे– कालिदेविस्थान र धार्के– बानियाटार सडकको स्तरोन्नती गर्ने ।

६। कालिदेबीथानमा होमस्टे सञ्चालन गराई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गरी स्वरोजगारी बनाउनुका साथै स्थानीय उत्पादनको बजार प्रवद्धन गर्ने ।

७। धार्के चालिसेमा रहेको तरकारी संकलन केन्द्र सञ्चालको लागि सम्बन्धीत निकायसंग समन्वय गरि आवश्यक पहल कदमी गर्ने । ८। वडा भित्रको बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनुका साथै आवश्यक स्थानहरुमा सिसी क्यामेरा तथा सडक बत्तिको व्यवस्थापन गर्ने ।

८। महिला तथा किशोरीका लागि आत्मरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।

९। स्थानीय उत्पादनहरुको बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्दै खाली रहेका जग्गाहरुलाई उचितरुपमा प्रयोगमा ल्याउने ।

१०। शहरीकरण तथा अव्यवस्थित बजारीकरणलाई स्थानीय नागरिकको आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै लैजाने विषयमा मुख्य ध्यान दिने योजना आचार्यको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com