काठमाडौं, १० जेठ । वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १/१ तहमा अग्रता लिइरहेका छन् ।
कांग्रेसको अग्रता
१ कटारी नगरपालिका, उदयपुर
२ललितपुर महानगरपालिका, ललितपुर
३ तिलोत्तमा नगरपालिका, रुपन्देही
४ महाराजगञ्ज नगरपालिका, कपिलवस्तु
एमालेको अग्रता
१ गरूडा नगरपालिका, रौतहट
२ पचरौता नगरपालिका, बारा
३ तुलसीपुर उपमहानगरपालिका, दाङ
माओवादी केन्द्र
१ फतुवा विजयपुर नगरपालिका, रौतहट
जसपाको अग्रता
१ गढीमाई नगरपालिका, रौतहट
नेकपा एसको अग्रता भएका तह
१ पोखरा महानगरपालिका, कास्की
स्वतन्त्रको अग्रता भएका तह
१ काठमाडौं महानगरपालिका, काठमाडौं
गणना सुरू नै नभएका तह
१ त्रियुगा नगरपालिका, उदयपुर
२ बुढीगंगा नगरपालिका, बाजुरा
प्रतिक्रिया दिनुहोस्