ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक अभियन्ताबाट राजनीतिमा आएका साम्पाङ (यस्तो छ उनको जीवनी)


एबीसी / संवाददाता

काठमाडौं, जेठ ८ ।  नपत्याउने खोलाले बगाउँछ भन्ने नेपाली उखान धरानको स्थानीय तह निर्वाचनमा चरितार्थ हुँदै गइरहेको छ। वैशाख ३० गते भएको मतदानको मतगणना सुरुवात भएको दिनदेखि सत्ता गठबन्धन र नेकपा एमाले जस्ता ठूलो दलका उम्मेदवारलाई कडा टक्कर दिएका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयीको अन्तिम चरणमा छन् ।

एमाले र कांग्रेसको पकड वडामा पनि मेयरमा भने स्वतन्त्र उम्मेदवार साम्पाङले अत्यधिक भोट पाएका छन्। दुई दिन यता निरन्तर अग्रता हासिल गरिरहेका साम्पाङ आफैं पनि मतदाताले गरेको विश्वास देखेर चकित छन्। न कुनै संगठन, न राजनीतिक दलहरूको जस्तो अघिपछि हिंड्ने ठूलो संख्यामा कार्यकर्ता वा समर्थक छन्। तर, जनसरोकारको विषय र समसामयिक मुद्दामा निरन्तर खबरदारी गरिरहने साम्पाङको परिचय सामाजिक अभियन्ताको मात्र थियो। गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राई र एमाले उम्मेदवार मञ्जु भण्डारी संग उनि प्रतिस्पर्धामा थिए ।

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी गीत लेख्छन् र गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।

उनमा देशलाई केही गरौ भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।

उनको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। जनजीविकाको ससानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्। ‘मैले ठूलो मुद्दा उठाएको होइन,जनजीविकाको विषयमा आवाज उठाएको हो। जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्,‘खानेपानीको विषय उठाएँ, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोलें, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोलें, सडकको खाल्डाखुल्डी र महँगी नियन्त्रणबारे पनि आवाज उठाएँ। त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ।’

स्थानीय मुद्दा मात्र होइन, सीमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिंड्थे, कहिले सीमित संख्यामा आफ्नो समर्थकहरूको साथमा विरोध प्रर्दशन गर्थे। सीमा अतिक्रमणको मुद्दा चर्किंदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाअघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशन समेत गरेका थिए।

सर्दु खोला जथाभावी उत्खनन भएको विरोधमा जाँदा ठेकेदारको समूहले उनका समर्थकहरूलाई घाइते समेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्छन्।

धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्। फेसबुकबाट नै चुनावी अभियान गरेका थिए। साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए।

त्यसबेला मात्र उनले ४२२ मत पाए। त्यसबेला पनि धरानेहरूले परिवर्तनको पक्षमा मत दिंदै कम्युनिष्ट गढमा पहिलोपटक काँग्रेसका उम्मेदवार तिलक राईलाई जिताए। कम्युनिस्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउँदा पनि आश गरे जस्तो काम हुन नसक्दा धरानेहरू निराश थिए। यसपालि उनीहरूले उपयुक्त पात्रको रूपमा आफूलाई मत दिएको साम्पाङको भनाइ छ।

‘राजनीतिक दलहरूले धेरै लापर्वाही गरे। खानेपानी माग्न जाँदा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरू जो सत्तामा पुगे पनि दुरूपयोग गरे र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’ जनताले विश्वास गर्नुको कारणबारे उनी भन्छन्,‘उपनिर्वाचनमा हारें पनि म सधैं जनताको माझमा थिएँ। टोलटोलमा समस्याहरू बुझ्दै हिंडिरहें, मेरो त्यो निष्ठा देखेर पनि मलाई मत दिनुभयो। राजनीतिक दलहरू चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’

उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफू मेयर भएखानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनले बताए। राजनीतिक दलहरूले अपराधलाई लुकाउने गरेकोले आफू कुनै पार्टीमा नजाने उनको भनाइ छ। तर, आस्था र सिद्धान्तको हिसाबले आफू कम्युनिज्म मन पराउने साम्पाङ बताउँछन्।

‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउँछु तर कुनै पार्टीको सदस्यता लिएको छैन। गरीब(दुःखीहरूकै हितमा काम गर्छु, उनीहरूको संरक्षण गर्छु,’उनले भने,‘म राजनीतिमा रहिरहँदिन। राजनीतिक दलका नेताहरू राम्रो नभएर मात्र हामी आउनुपरेको हो। सेवाप्रवाह राम्रो हुनुपर्छ। जिते भने एक कार्यकाल गर्छु। पछि फेरि आवश्यकता पफ्यो भने निरन्तरता हुनसक्छ।’ –

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com