ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणना लम्बिँदा इन्डोनेसियामा २७० भन्दा धेरै गणकले ज्यान गुमाएका थिए


एबीसी / संवाददाता

काठमाडौं, ८ जेठ । सन् २०१९ मा इन्डोनेसियामा राष्ट्रपति र प्रदेश सांसदका लागि चुनाव भयो । १७ अप्रिल २०१९ मा भएको चुनावमा १९ करोड मानिसले भाग लिएका थिए । १७ वर्ष भन्दा माथिका नागरिकले भोट हाल्न पाउने व्यवस्था भएको इन्डोनेसियाका मतदाताले जिल्ला, प्रदेश र संसद गरेर २० हजार ५ सय २८ प्रतिनिधि छान्नुपर्ने थियो ।

इन्डोनेसियाको सरकारले खर्च बचाउने भन्दै जिल्ला, प्रदेश र संसदको चुनाव एकै दिन गराउने निर्णय गरायो । एक मतदाताले पाँचवटा मतपत्रमा छाप हानेर भोट हाल्ने व्यवस्था गरियो । यो चुनावलाई एकैदिन भएको विश्वको सबैभन्दा ठूलो चुनाव पनि भनिन्छ ।

चुनावमा राष्ट्रिय मान्यताप्राप्त १६ दल सहभागी थिए । चुनाव शान्तिपूर्ण तरिकाले भयो तर, मतगणनामा भने ठूलो दुर्घटना भयो । चुनाव भएको पछिल्लो दिनदेखि नै मतगणना सुरु गरियो । तीन तहका प्रतिनिधिका लागि भोट गरिएका करोडौँ मतपत्रबाट भोट गन्ने काम निकै सकसपूर्ण थियो ।

त्यहाँको निर्वाचन आयोगले खटाएका कर्मचारी र मतगणकहरू चौबिसै घण्टा मत गणनामा खटिए । कामको अत्याधिक चाप भयो । थकान र कमजोरीले चुनाव सकिएको दश दिनभित्र चुनावमा खटिएका २ सय ७२ जनाको मृत्यु भयो । यी मध्ये अधिकांश मतगणक थिए । १८ सय भन्दा बढ्ता गणक थकान, भोक, तनाव र कामको चापका कारण सिकिस्त बिरामी भए । इन्डोनेसियामा ८ लाख भन्दा बढ्ता मतदान केन्द्र बनाइएका थिए । यो चुनावको सम्पूर्ण नतिजा आउन एक महिना भन्दा धेरै समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com