काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् ।नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।
पछिल्लो समय सिंहले स्थापितलाई उछिन्नु भएको छ। साह सुरुदेखि नै अगाडि हुनुहुन्छ ।काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्