काठमाडौँ, जेठ ७ । रुसले युक्रेनको मारिउपोल सहर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको रुसी अधिकारीहरुले बताएका छन्।
लामो समयदेखि मारिउपोलमा रुसले निरन्तर आक्रमण गर्दै आएको थियो। आक्रमणको कारण मारिउपोल सहर पूर्णरुपमा ध्वस्त भएको छ।रुसको रक्षा मन्त्रालयले मारिउपोलमा बाँकी रहेका ५३१ युक्रेनी सैनिकले सहर छाडेसँगै अब पूर्णरुपमा सहरलाई स्वतन्त्र बनाइएको उल्लेख गरेको छ।
रुसले मारिउपोलका सबै गुप्त स्थलमा पनि अहिले आफूहरुले कब्जा जमाइसकेको रुसको दाबी छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनालाई मारिउपोल सहर छाड्न अनुमति प्राप्त भएको बताएका छन्।
यसअघि रुसले मारिउपोललाई चारैतिरबाट घेरा हालेर आक्रमण गरिरहेको थियो।जसको कारण त्यहाँ रहेका सैनिकहरुलाई खाना र पानीजस्ता अत्यावश्यकीय सामग्रीको अभाव हुन थालेको थियो।
मारिउपोलमा बाँकी रहेको एजोभ्स्टल स्टिल कारखानामा रहेका सबै युक्रेनी सैनिकले अब आत्मसमर्पण गरेको रुसी अधिकारीहरुले बताएका छन्। लामो समयदेखि मारिउपोलमा रुसले निरन्तर आक्रमण गर्दै आएको थियो। आक्रमणको कारण मारिउपोल सहर पूर्णरुपमा ध्वस्त भएको छ।रुसको रक्षा मन्त्रालयले मारिउपोलमा बाँकी रहेका ५३१ युक्रेनी सैनिकले सहर छाडेसँगै अब पूर्णरुपमा सहरलाई स्वतन्त्र बनाइएको उल्लेख गरेको छ।
रुसले मारिउपोलका सबै गुप्त स्थलमा पनि अहिले आफूहरुले कब्जा जमाइसकेको रुसको दाबी छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनालाई मारिउपोल सहर छाड्न अनुमति प्राप्त भएको बताएका छन्।
यसअघि रुसले मारिउपोललाई चारैतिरबाट घेरा हालेर आक्रमण गरिरहेको थियो।जसको कारण त्यहाँ रहेका सैनिकहरुलाई खाना र पानीजस्ता अत्यावश्यकीय सामग्रीको अभाव हुन थालेको थियो।
प्रतिक्रिया दिनुहोस्