ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ


एबीसी / संवाददाता

दाङ, ६ जेठ । दाङका ९ वटा स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सपथ ग्रहण लिएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दाङको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये घोराही उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाको प्रमुख जोगराज चौधरी, बंगाचुली गाउँपालिकाका प्रमुख तुलसीराम ‘सुवास’ पुन, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत र राजपुर गाउँपालिका प्रमुख शरदकुमार बुढाथोकीले सपथ ग्रहण लिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिमा भने मतगणना जारी छ । त्यस्तै घोराही उपमहानगरपालिकाका नव(निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्य र सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै घोराही नगरप्रमुख चौधरीले नवनिर्वाचित घोराही उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com