ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसपार्कमा दशैंको झल्को, १२ लाखले काठमाडौं छोड्ने अनुमान


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । स्थानीय चुनाव आउन २ दिन बाँकी रहँदा काम विशेषले काठमाडौं बसेका नागरिक मत दिन गाउँ फर्किने क्रम बढेको छ । दैनिक २० हजारका दरले उपत्यका छोडेको अनौपचारिक तथ्याङ्क छ भने चुनावकै लागि १२ लाखले उपत्यका छोड्ने अनुमान गरिएको छ ।

गोंगबुस्थित राजधानीको नयाँ बसपार्कमा सांस्कृतिक पर्व दशैंमा नदेखिएको उत्साह चुनावी पर्वमा देखिएको छ । विभिन्न राजनीतिक पार्टीले स्थानीय चुनावका लागि गृहजिल्ला जान चाहनेका लागि निःशुल्क बससुविधा दिएपछि बसपार्कमा मतदाताको ओइरो लागेको छ । दर्जनौं गाडी र बाक्लो भीडमा आफू जाने गाडीको भेउ नपाउँदा धेरै यात्रु अलमलिएका देखिन्थे । सम्बन्धित जिल्लाबाटै गाडीको बुकिङ भएकाले मेचीदेखि महाकालीसम्मका नागरिक बसपार्कमा भेटिए ।

मतमार्फत आफ्नो मन अरुलाई दिने जिम्मेवारी पूरा गर्न गाउँ जान पाएकोमा उनीहरू दङ्गदास छन् । एउटै भोटले हारजितको निर्क्योल गर्ने भएकाले पनि मताधिकार प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । त्यसो त, निःशुल्क सेवा मिलाएका सरोकारवालाहरू भने खर्च गरेर मतदाता ओसारेको स्वीकार्दैनन् । आफूहरूले कर नगरेको र जान चाहनेहरूका लागि भने निःशुल्क गाडीको व्यवस्था मिलाएको उनीहरू बताउँछन् । त्यसो त कुनै दल वा उम्मेदवारको निगाहविना आफ्नै खर्च मताधिकार प्रयोग गर्न गृहजिल्ला जानेहरूको लर्को पनि उत्तिक्कै छ । ८० वर्ष छुन लागेकी नुवाकोटकी ठूलीमाया भोट हाल्नकै लागि एक्लो यात्रा गर्दैछिन् । चुनाव दशैंजस्तो रमाइलो लाग्ने उनको भनाइ छ ।

मतदानकै लागि थातथलो जान लागेकाहरू नागरिक अधिकार गुमाउन नहुने पक्षमा छन् । अहिलेको भन्दा आगामी दिन सुधारका लागि पनि मतदान गर्नुपर्ने उनीहरूको धारणा छ । पार्टी भन्दा पनि व्यक्ति छान्न आफूहरू जान लागेको उनीहरू बताउँछन् । यात्रुहरूको चाप बढ्दा बाहिरिने यात्रुको सामान लोड गर्ने मजदुरले पनि उतिक्कै काम पाएका छन् । उनीहरूलाई सामान मिलाउन भ्याइनभ्याइ छ । गाडीहरू सबै भरिभराउ भएको र २९ गतेको लागि अघिल्लो दिन विहानै बुकिङ भइसकेको उनीहरू बताउँछन् । पाँच वर्षपछि आफ्नो जनप्रतिनिधि चयनमा देखिएको मतदाताको उत्साहलाई लोकतन्त्र सबल बनाउने प्रमुख आधार मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com