ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि कृषि सहकारी संस्था


एबीसी / संवाददाता

काठमाडौं १० बैशाख । सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको ती संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बीउ, प्राविधिक सेवा र बजार व्यवस्थापनका काममा प्रभावकारी भूमिका खेल्न थालेका छन् । यसका साथै सो संस्थाले आगामी वर्षदेखि प्रवाह गर्ने सेवा र सुविधामा वृद्धि गर्दै लैजाने नीति लिएको बताइएको छ ।
झन्डै तीन वर्षअघि स्थापना भएको सो संस्था साना किसानलाई एकीकृत गरी बचत र ऋण लगानी गर्ने तथा कृषि उत्पादन बढाउन र बालीमा विविधता ल्याउने प्रयासमा केन्द्रीत भएको देखिन्छ । किसानको जीवनस्तर उकास्न हरेक प्रयास र सम्भावनाको खोजीमा रहेको यो संस्थाका अध्यक्ष इन्द्रजीत चौधरीले बताउनुभयो । कृषिको विकास र विस्तार विना मुलुकमा समृद्धि आउन नसक्ने र उत्पादनमा पनि आत्मनिर्भर बन्न नसक्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । अध्यक्ष चौधरीले खेतीपाती गर्न किसानलाई आवश्यक पर्ने कम्बाईन हार्डवेस्टर, सीड ह्वील, ५५ एचपीको ट्रयाक्टर, लेजर ल्याण्ड लेभरल, रिपर, रोटा भेटर, कल्टिभेटरजस्ता उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि कृषिमा यान्त्रिकीकरण गर्ने सरकारको लक्ष्य रहेकाले सो उपकरण एवं मेसिनको आवश्यकता रहेको अध्यक्ष चौधरीले बताउनुभयो । लगभग एक हजार २०० कृषक आबद्ध रहेको सो संस्थामा दुई हजारभन्दा बढी हेक्टर जग्गामा खेती गर्ने गरेका छन् । संस्थाले यहाँका किसानले उत्पादन गरेका धान सरकारले तोकेको समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्ने गरेका छन् । भण्डारण र यान्त्रिकीकरणका लागि संस्थाले सोही ठाउँमा चार कठ्ठा पाँच धुर जग्गा खरिद गरिसकेको छ । सरकारले तोकिएको समर्थन मूल्यमा संस्थाले किसानबाट गत वर्षमा १२ हजार क्वीन्टल धान खरिद गरेको थियो । संस्थाले विभिन्न बैंकमार्फत किसानलाई धानको खरिद मूल्य भुक्तानी गरेको थियो । ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सो संस्थालाई साना किसान सहकारी बैंकले परिपक्कताको प्रमाणपत्र तथा जिल्ला सहकारी सङ्घ सुनसरीले पुरस्कृत गरिएको छ ।

स्थानीय किसानको आवश्यकता र मागको आधारमा संस्थाले कूल रु चार करोड ७२ लाख बचत र रु आठ करोड ४५ लाख ऋण प्रवाह गरेको संस्थाका व्यवस्थापक पद्मबहादुर चौधरीले जानकारी दिनुभयो । बैंकको झन्झटिलो र प्रक्रियागत ढिलाईका कारण ऋण लिन समस्या भोगिरहेका किसानका लागि यो संस्था सहज भएको उहाँको भनाइ छ । “समस्यामा परेका बेलामा किसान ऋण लिन आउँछन्”, उहाँले भन्नुभयो, “किसानको आवश्यकता र मागका आधारमा संस्थाले ऋण अउपलब्ध गराउँदै आएको छ ।” अन्य बैंकसँग ऋण लिएर पनि किसानको समस्या सम्बोधन गर्ने गरेको व्यवस्थापक चौधरीको भनाइ छ । छरिएर रहेका किसानलाई एकीकृत गर्न संस्था सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । यहाँका किसान सीतागञ्ज शाखा नहर, चन्दा मोहन नहर, बोरिङ र आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् । संस्थाले भण्डारण गर्न बनाउने गोदाम घरका लागि धेरै रकम चाहिने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।
प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिेनाले ग्रामीण क्षेत्रमा कृषकले गरेको मेहनत र प्रयासलाई परिणामुखी बनाउन कृषकको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com