ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास आपूर्तिमा सहज, आयात बढाएकाले नआत्तिन निगमको आग्रह


एबीसी / संवाददाता

काठमाडौँ, ९ बैशाख । चैत ६ गतेदेखि १९ गतेसम्म ग्यास व्यवसायीले गरेको हड्तालको असर अहिले पनि आमउपभोक्ताले व्यहोरिरहेका छन् । उपभोक्ता आत्तिएर चाहिनेभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा ग्यास अभाव जस्तो देखिए पनि बजारमा ग्यास अभाव भने नरहेको ग्यास बिक्रेताको भनाइ छ ।

दैनिक एक ग्यास डिलरमा ८० देखि १ सय १५ वटासम्म सिलिण्डर पठाइने भएकाले पनि ग्यास अभाव नरहेको दाबी व्यवसायीको छ । यसअघिको कारोना संक्रमणको बेला भएको नाकाबन्दीको असर, नजिकिँदै गरेको चुनावको प्रभाव, रुस-युक्रेन युद्धलगायत श्रीलंकामा देखिएको आर्थिक संकटका कारण उपभोक्ता त्रसित देखिएको ग्यास विक्रेता रेविता पौडेलको तर्क छ । नाकाबन्दीको मनोवैज्ञानिक असर आम उपभोक्तामा अझै कायम भएकाले पनि हाल स्टक राख्ने चलन बढ्दै गएको उनीहरू बताउँछन् । साथै मिडियामा आउने समाचारको प्रभाव पनि बजारमा देखिने उपभोक्ता स्वीकार्छन् ।

व्यवसायीको आन्दोलन, युद्ध लगायतका समाचारले पहिलाकै स्थिति पुग्ने हो कि भन्ने डर लाग्ने उनीहरू बताउँछन् ।
नाकाबन्दीको बेलामा भोकै सुतेको पीडा अझै पनि उनीहरूले भुल्न सकेका छैनन् । यद्यपि अहिले भने २ देखि ३ घण्टा लाइनमा बस्दा ग्यास पाइएको उपभोक्ता बताउँछन् । हाल आपूर्ति व्यवस्था सहज र भण्डारण पनि उल्लेख्य रहेकाले नआत्तिन आयल निगमले आग्रह गरेको छ । यसअघि भारतबाट दैनिक ७० देखि ८० बुलेटसम्म ग्यास आउने गरेकोमा अहिले भने १ सय ३५ बुलेटसम्म आउने गरेकाले आपूर्ति असहज नहुने निगमको दाबी छ । एकातिर हल्लाले प्रभावित बजार र अर्कातिर भण्डारमा तम्सिने उपभोक्ताले संयम राख्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com