ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास आपूर्तिमा सहज, आयात बढाएकाले नआत्तिन निगमको आग्रह


एबीसी / संवाददाता
बैशाख ९, २०७९ शुक्रबार   ७ : २६   बजे

काठमाडौँ, ९ बैशाख । चैत ६ गतेदेखि १९ गतेसम्म ग्यास व्यवसायीले गरेको हड्तालको असर अहिले पनि आमउपभोक्ताले व्यहोरिरहेका छन् । उपभोक्ता आत्तिएर चाहिनेभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा ग्यास अभाव जस्तो देखिए पनि बजारमा ग्यास अभाव भने नरहेको ग्यास बिक्रेताको भनाइ छ ।

दैनिक एक ग्यास डिलरमा ८० देखि १ सय १५ वटासम्म सिलिण्डर पठाइने भएकाले पनि ग्यास अभाव नरहेको दाबी व्यवसायीको छ । यसअघिको कारोना संक्रमणको बेला भएको नाकाबन्दीको असर, नजिकिँदै गरेको चुनावको प्रभाव, रुस-युक्रेन युद्धलगायत श्रीलंकामा देखिएको आर्थिक संकटका कारण उपभोक्ता त्रसित देखिएको ग्यास विक्रेता रेविता पौडेलको तर्क छ । नाकाबन्दीको मनोवैज्ञानिक असर आम उपभोक्तामा अझै कायम भएकाले पनि हाल स्टक राख्ने चलन बढ्दै गएको उनीहरू बताउँछन् । साथै मिडियामा आउने समाचारको प्रभाव पनि बजारमा देखिने उपभोक्ता स्वीकार्छन् ।

व्यवसायीको आन्दोलन, युद्ध लगायतका समाचारले पहिलाकै स्थिति पुग्ने हो कि भन्ने डर लाग्ने उनीहरू बताउँछन् ।
नाकाबन्दीको बेलामा भोकै सुतेको पीडा अझै पनि उनीहरूले भुल्न सकेका छैनन् । यद्यपि अहिले भने २ देखि ३ घण्टा लाइनमा बस्दा ग्यास पाइएको उपभोक्ता बताउँछन् । हाल आपूर्ति व्यवस्था सहज र भण्डारण पनि उल्लेख्य रहेकाले नआत्तिन आयल निगमले आग्रह गरेको छ । यसअघि भारतबाट दैनिक ७० देखि ८० बुलेटसम्म ग्यास आउने गरेकोमा अहिले भने १ सय ३५ बुलेटसम्म आउने गरेकाले आपूर्ति असहज नहुने निगमको दाबी छ । एकातिर हल्लाले प्रभावित बजार र अर्कातिर भण्डारमा तम्सिने उपभोक्ताले संयम राख्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group