ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरी निर्दोष छन्, उनलाई फसाइएको छ : अध्यक्ष दाहाल


एबीसी / संवाददाता

काठमाडौँ, ८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताउनुभएको छ । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष हादालले भने रेशम निर्दोष रहेको बताउनुभएको हो ।

माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’ स्थानीय तह निर्वाचनको मुखमा दाहाले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिनासम्म पनि सो विषयमा मौन छ । अध्यक्ष दाहालले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताउनुभयो । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष दाहालले, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिवेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै दाहालले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताउनुभयो । उहाँले टिकापुर घटनाले ठूलो असर पारेको बताउनुभयो ।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com