ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कारोना संक्रमण बढेसँगै सतर्कता अपनाउन सरकारको आग्रह


एबीसी / संवाददाता
बैशाख ८, २०७९ बिहीबार   १ : ५८   बजे

काठमाडौँ, ८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गर्नुभएको छ ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ । भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ । उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई-काठमाडौंबीच पनि सिधा उडान पनि छन् । मार्च २७ बाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली-काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदा-जाँदा दुवैतिर अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने गाईडलाईन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group