ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदार स्थानीय तहको उम्मेदवार हुन नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


एबीसी / संवाददाता

काठमाडौँ, ७ बैशाख । स्थानीय तहको ठेक्का-पट्टामा संलग्न व्यक्ति (ठेकेदार) आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

ठेक्का लिएको स्थानीय तहमा बाहेक अन्य स्थानीय तहमा ठेकेदारलाई पनि उम्मेदवारको मनोनयन दर्ता गर्न दिन सर्वोच्चले आदेश दिएको हो । आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्ति वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राखेको थियो । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको वैशाख ५ गतेको एकल इजलासले उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्तिलाई निर्वाचनमा सहभागी (उम्मेदवार) हुनबाट रोक्न नहुने भनेको हो ।

सर्वोच्चले सम्बन्धित पालिका बाहेक अन्य ठाउँको ठेक्का लिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न भन्दै आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाइएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा कुनै स्थानीय निर्वाचन आचारसंहितामा स्थानीय तहको ठेक्का लिएका व्यक्तिले ठेक्काअनुसारको काम पूरा नगरेको अवस्थामा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने

चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com