ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकांक्षी धेरै हुँदा उम्मेदवार छनौटमा कठिनाई


एबीसी / संवाददाता
बैशाख ४, २०७९ आईतबार  ७ : ०८ बजे

काठमाडौँ, ४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन २५ दिन मात्र बाँकी छ । मतदातालाई रिझाउन विभिन्न रणनीति र चुनावी नारा लिएर गाउँगाउँ पसेका राजनीतिक दलहरु चुनावी प्रचारलाई निरन्तरता दिइरहेका छन् । उम्मेद्वारी मनोनयनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरु पछिल्ला दिनहरुमा उम्मेद्वार छनोटमा व्यस्त छन् । आकांक्षीहरु धेरै भएपछि सबै राजनीतिक दलहरुलाई उम्मेद्वार छनोट फलामको च्युरा चपाउनु जत्तिकै भइरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पोखरा महानगर कमिटीले कास्कीको पोखरा महानगरपालिकाको मेयरका लागि १२ जनाको नाम सिफारिस गरेको छ । मेयरका आकांक्षी धेरै भएपछि मतदानबाट टुंगो लगाउने तयारी गरेपनि अन्तिममा आएर महानगर कमिटीले आकांक्षी सबैको नाम सिफारिस गर्‍यो । काठमाडौंमा महानगरपालिकाको मेयरको लागि पनि नेकपा एमालेबाट ५ जनाको नाम सिफारिस भएको छ । सिफारिस नाममा वर्तमान नगरप्रमुख विद्यासुन्दर शाक्यदेखि पूर्वमन्त्रीको नाम समेत परेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसबाट मोरङको विराटनगर महानगरपालिकाको मेयरको लागि ७ र उपमेयरको लागि ११ जनाको नाम सिफारिस भएको छ । यस्तै, ललितपुर महानगरको मेयरको लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि कांग्रेसबाट १४ जनाको नाम सिफारिस गरिएको छ । यी त प्रतिनिधिमूलक सिफारिस मात्र हुन् । स्थानीय तह निर्वाचनका लागि आकांक्षी धेरै भएपछि हरेक दललाई उम्मेद्वार छनोटमा कठिनाई भइरहेको छ । निर्वाचन जति जति नजिकिन्छ, दलहरुलाई उम्मेद्वार चयनको बाध्यताले थप थिच्दै गएको छ ।

निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेद्वार मनोनयनको समय तोकेको छ । उम्मेद्वार मनोनयन दर्ताको समय आउन एक सातामात्र बाँकी रहँदा पनि दलहरुले उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् । स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा अन्य दलभन्दा अगाडी देखिएको नेकपा एमाले उम्मेद्वार छनोटमा पनि केही अघि देखिएको छ । एमालेले पर्साको विरगञ्ज र चितवनको भरतपुर महानगर प्रमुखको उम्मेद्वार चयन गरिसकेको छ । अन्य स्थानीय तहमा भने उम्मेद्वार चयनको विषय एमालेभित्र पनि पेचिलो बनिरहेको छ । अर्कोतिर, विराटनगर, पोखरा महानगर लगायतका स्थानीय तहमा पार्टीभित्रकै नेताहरुको टकरावका कारण एमालेमा आकांक्षीहरु बढेका छन् । स्थानीय पार्टी कमिटीहरुबाट आकांक्षीहरुको लामो सूची आउन थालेको र पार्टी प्रवेशको देशव्यापी अभियान चलाएको एमालेभित्र नवप्रवेशीहरुको चित्त बुझाउनुपर्ने र पार्टीभित्रै रहेका आकांक्षीहरुको पनि व्यवस्थापन गर्नुपर्ने चुनौतीका कारण उम्मेद्वार चयनमा थप सकस परेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ गठबन्धनका दलहरुलाई पनि उम्मेद्वार चयन उत्तिकै कठिन छ । केन्द्रले गरेको तालमेलको निर्णयलाई स्थानीय पार्टी निकायहरुले अस्वीकार गरिरहेका छन् भने अर्कोतिर तालमेलको भागबण्डामा सहमति जुट्न नसक्दा तल्लो तहका पार्टी निकायहरुले उम्मेद्वार सिफारिस गर्न सकेका छैनन् । कतिपय स्थानीय तहहरुमा भने गठबन्धन दलका स्थानीय पार्टी निकायहरुले केन्द्रको निर्णय विपरित उम्मेद्वार सिफारिस गरिरहेका छन् । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको टुंगो केन्द्रबाट गर्ने निर्णय गरेको सत्तारुढ गठबन्धनले सोमबारसम्म भागबण्डा टुंगो लाग्ने दावी गरेको छ ।

गठबन्धनमा भागबण्डा मिलेपछि मात्र बल्ल गठबन्धनका सदस्य दलहरुले उम्मेद्वार चयनको काम सुरु गर्ने छन् । त्यसकारण गठबन्धनका दलहरुलाई एकातिर भागबण्डा मिलाउन समस्या परिरहेको छ भने अर्कोतिर तालमेलको कारण स्थानीय निकायका पार्टी पंक्तिको असन्तुष्टिलाई समेत समेटेर उम्मेद्वार चयन गर्न थप कठिनाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com