ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवेकशील साझा पार्टीको घोषणा : विद्युतीय सवारीको करमा तीन वर्षसम्म छुट, थप ५० वटा सार्वजनिक शौचालय निर्माण


एबीसी / संवाददाता
बैशाख ३, २०७९ शनिबार   ४ : ५१   बजे

काठमाडौँ, ३ बैशाख । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिनेदेखि काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्नेसम्म उल्लेख छ ।

महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधारलाई अगाडि सार्दै विवेकशीलले चुनावी घोषणापत्रमार्फत ५० वटा थप सार्वजनिक शौचालयलगायत निर्माण गर्ने घोषणा गरेको हो । ‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिनेछ, बिजुलीबाट चल्ने यातायातमा रुपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन वर्षका लागि मिनाहा गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ । यसैगरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रूपमा विकास गर्ने, काठमाडौंका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधान निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानियवासीका लागि सार्वजनिक स्थलको विकास गर्ने बिषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निमार्ण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक बर्ष २५ हजारभन्दा बढी बृक्षारोपण गर्ने, सामुदायिक बिद्यालयहरूमा १२ कक्षसम्म निःशुल्क गर्ने, काठमाडौंलाई जीवन्त संग्रहालयको रुपमा विकास गर्दै नेवाः कला सँस्कृतिको पुर्नजागरण गर्नेलगायत मुख्यतः सात विषय केन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने विवेकशील पहिलो पार्टीसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group