ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता


एबीसी / संवाददाता
बैशाख ३, २०७९ शनिबार   ११ : ५४   बजे

काठमाडौँ, ३ बैशाख । प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस कदम चालिने विश्वास दिलाएका हुन् ।

कार्यक्रममा नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनका लागि लागू भएको आचारसंहितामाथि आफ्नो दलको छबुँदे फरक मत रहे पनि यसको कार्यान्वयनमा पार्टी प्रतिबद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने सवालमा एमाले सशस्त्र द्वन्द्वकै समयदेखि नै सारथी रहँदै आएको बताउनुभयो । कुनै मुलुकको भविष्य उज्यालो बनाउन राज्यको ध्यान बालबालिकाका क्षेत्रमा पुग्नुपर्नेमा दुई मत नरहेको र उपलब्ध साधन तथा स्रोतलाई स्थानीय तहसम्म विकेन्द्रीकरणको प्रक्रिया एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएदेखि नै आरम्भ भएको जनाउनुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले संविधान निर्माणका क्रममा पर्याप्त छलफल र चासो राखेर बालबालिकाका धेरै सवाललाई सम्बोधन गर्दै आएकोे उल्लेख गर्दै निर्मित नीति र कानून कार्यान्वयनका लागि कांग्रेस पार्टी प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । पढेलेखेकै घर परिवारमै बालअधिकारको पालना नभएको बताउँदै गर्दै उहाँले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना र दुरुपयोग रोक्न पार्टीले संयन्त्र बनाएको जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै शिक्षा र बालबालिकाका क्षेत्रमा सुन्दर नारा तय गरेर मात्रै नपुग्ने र व्यवहारिकता पनि हेरिनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिबाट संविधान निर्माण भएकाले संविधान बालमैत्री बन्न सफल भएको जनाउँदै उहाँले सशस्त्र द्वन्द्वरत पक्षहरुको समेत शान्ति सम्झौताकै कारण संविधानसभाबाट संविधान जारी भएको स्मरण गराउनुभयो ।

बालअधिकारकर्मी गौरी प्रधानले बालबालिकाको बाँच्न पाउने अधिकार रक्षाका साथै सहजरुपमा जन्म दर्ता, विद्यालय भर्ना र निःशुल्क शिक्षाको निरन्तरता, खेल, मनोरञ्जन तथा बाल संरक्षणका सवालमा प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।अधिवक्ता इन्दु तुलाधरले निर्वाचन आचारसंहितामा समाविष्ट निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका र विद्यालयलाई प्रयोग गर्न नहुनेजस्ता प्रावधानको पालना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल र राष्ट्रिय किशोरी सञ्जालका संयोजक ललिता पाख्रिनले बालबालिकालाई दलहरुले चुनावी प्रचारका क्रममा दुरुपयोग गर्न नहुने तर बालबालिकाका सवाललाई निर्वाचनका समयमा महत्व दिइनुपर्ने बताउनुभयो ।बालबलिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले स्थानीय तहको निर्वाचनमा दलहरुले जारी गर्ने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group