ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव नेतृत्वका नेताले गरे माओवादी अध्यक्ष प्रचण्डसँग भेट


एबीसी / संवाददाता

काठमाडौँ, १ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर ओली र वास्तोलाले बिहिबार बिहान प्रचण्ड निवास खुमलटारमा गएर अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । ओली र बास्तोला विप्लव नेतृत्वको नेकपाको सचिवालय सदस्य हुन् । भेटका बारेमा बास्तोलाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिदै प्रचण्डसँग नयाँ बर्ष २०७९को शुभकामना सहित आफ्नो पाटीृका बन्दीहरू रिहाईकालागि छलफल भएको उल्लेख गर्नु भएको छ । त्यसैगरी लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गरेको पनि बास्तोलाले जनाउनु भएको छ । विप्लव नेतृत्वको नेकपामा एउटा पक्ष स्थानीय तहको निर्वाचनमा पार्टीले भाग लिनुपर्छ भन्नेमा छ भने अर्को पक्ष निर्वाचनमा भाग लिनु हुँदैन भन्नेमा छ ।

ओली र बास्तोला निर्वाचनमा भाग लिन नहुने पक्षमा रहेका छन भने चन्द र नेता खड्ग बहादुर विश्वकर्मा भने पार्टीले निर्वाचनमा भाग लिनु पर्छ भन्ने पक्षमा छन् । चन्द र विश्व कर्माले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो । त्यसको भोलीपल्ट ओली र बास्तोलाले प्रचण्डसँग भेट गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पोखराको ‘वेटिङ मेयर’मा धनराज, ९ मत हारएपछि मतगणना स्थगित

काठमाडौं, १० जेठ ।पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर ८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण

१३ स्थानीय तहको मत परिणाम आउन बाकी : कहाँ कसको अग्रता ? (सूचीसहित)

काठमाडौं, १० जेठ । वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।जसअनुसार

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको २२ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा २३ देखि ३२ सम्मको मत गणना सकिएको

सम्बन्धित

१३ स्थानीय तहको मत परिणाम आउन बाकी : कहाँ कसको अग्रता ? (सूचीसहित)

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com