ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त कानुनमन्त्री गोबिन्द बन्दिद्धारा पद तथा गोपनियताको सपथ ग्रहण


एबीसी / संवाददाता
चैत्र २४, २०७८ बिहीबार  ५ : ५६ बजे

काठमाडौँ, २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोहमा बन्दीलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको थियो । उहाँको नाम गोविन्द प्रसाद शर्मा कोइराला भएपनि गोबिन्द बन्दी लेख्दै आउनु भएको छ । बन्दीलाई बिहिबार बिहान प्रधानमन्त्री देउवाले कानुन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्नुभएको थियो । बन्दी एकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार निकट मानिनु हुन्छ । नवनियुक्त कानुनमन्त्री बन्दी सांसद भने होइन । उहाँ गैर सांसद भएपनि मन्त्री बन्नु भएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई पनि राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने संविधानको धारा ७८ मा उल्लेख छ । तर त्यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ । यसैबीच हाल कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उहाँलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com