ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


एबीसी / संवाददाता

काठमाडौँ, २२ चैत । सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेता पौडेल नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । यस्तै माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल छन् । जसपाबाट अशोक राई र रेणु यादव रहेको समितिमा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् । बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ । यसैगरी, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गर्नुभएको थियो । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

वीरगन्ज, १० जेठ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं, १० जेठ । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

काठमाडौँ, १० जेठ  । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्। नेकपा एमाले(राप्रपा गठबन्धनका उम्मेदवार एमालेका

सम्बन्धित

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

भरतपुर महानगरमा प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

बाँकेमा जोगाउन सकेन एमालेले विरासत

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

७ सय ३४ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २१, एमाले २ सय, अरु कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com