ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थको लोड र अनलोड ठप्प ,आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी


एबीसी / संवाददाता
चैत्र १८, २०७८ शुक्रबार   ५ : १९   बजे

काठमाडौँ, १८ चैत । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले अत्यावश्यक पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प पारेको छ । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरूले शुक्रबारदेखि डिपोबाट इन्धन लोड र अनलोड नै बन्द गरेका छन् । जसले गर्दा पम्पहरूबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ ।

आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । अत्यावश्यक वस्तुको रूपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्ने देखिएको छ । व्यवसायीले एकतर्फी रूपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । यसअघि व्यवसायीका माग सम्बोधन गर्न भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा एक उपसमिति गठन भएको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्र, निगम कार्यकारी निर्देशक उमेश थानी, निगमका प्रशासन प्रमुख नागेन्द्र साह र निगमकै नायव कार्यकारी निर्देशक सुशील भट्टराई सदस्य छन् । उपसमितिले तयार पारेको रिर्पोट अनुसार जायज माग सम्बोधन गर्ने निगमको भनाइ छ ।

अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द-हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ । राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group