ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित


एबीसी / संवाददाता

काठमाडौँ, १५ चैत । राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जारी प्रतियोगितामा पवुवा न्युगिनीको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा पपुवा न्यूगिनी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले जितको लागि दिएको १८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाए भने सिमोन अटाइले १५ तथा असाद भालाले ११ रन जोडे । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले समान ३/३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाइज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । वीरन्दीपले अविजित रहदै ५९ रन जोडे भने अहमदले ५६ रन बनाए । यस्तै साएद अजिज ४७ रनमा आउट भए । पपुवा न्युगिनीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेस गरिँदै

काठमाडौं, २३ असार ।  काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।गत मन्त्रिपरिषद्को बैठकको

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

काठमाडौं, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

झापा, २३ असार ।झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको

सम्बन्धित

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित

नेपालले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो

राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीप

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...