ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित


एबीसी / संवाददाता
चैत्र १५, २०७८ मंगलबार  ६ : ५८ बजे

काठमाडौँ, १५ चैत । राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जारी प्रतियोगितामा पवुवा न्युगिनीको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा पपुवा न्यूगिनी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले जितको लागि दिएको १८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाए भने सिमोन अटाइले १५ तथा असाद भालाले ११ रन जोडे । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले समान ३/३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाइज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । वीरन्दीपले अविजित रहदै ५९ रन जोडे भने अहमदले ५६ रन बनाए । यस्तै साएद अजिज ४७ रनमा आउट भए । पपुवा न्युगिनीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com