ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको गिरावट


एबीसी / संवाददाता
चैत्र १५, २०७८ मंगलबार  ६ : ५१ बजे

काठमाडौँ, १५ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अङ्कले ओरालो लागेर ४७१.९३ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर रु. एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु. ३५ खर्ब ८६ अर्ब ८५ करोड ८८ लाख ७० हजार बराबर छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन २५.५२ अङ्कले ओरालो लाग्दा बैंकिङ ५.५४, व्यापार ०.५१, विकास बैंक २६.३५, जलविद्युत १६.४८, वित्त १४.९६, निर्जीवन बीमा ७६.६९, उत्पादन १५.०१, अन्य २०.०५, लघुवित्त ३४.५४, जीवन बीमा २१९.६३, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.०९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु. सात करोड ९१ लाख ९९ हजार बराबरको कारोबार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु. सात करोड २६ लाख ७१ हजार ७९७, नेपाल लाइफ इन्स्योरेन्स रु. ६ करोड ५९ लाख ९९ हजार ८६७, जीवन विकास लघुवित्त रु. पाँच करोड ७८ लाख ६३ हजार ४७२ र हिमालयन डिस्टिलरी रु. पाँच करोड ६१ लाख ९४ हजार २३७ बराबर कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, जाल्पा सामुदायिक लघुवित्त ४.०१ र समता घरेलु लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशतले कमाए । त्यस्तै, एनआइबिएल समृद्धि फण्ड दोस्रो ४.७३, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक ३.६८, नेपाल लाइफ इन्स्योरेन्स ३.६७, जीवन विकास लघुवित्त ३.६५, र आशा लघुवित्तका लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com