ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको गिरावट


एबीसी / संवाददाता

काठमाडौँ, १५ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अङ्कले ओरालो लागेर ४७१.९३ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर रु. एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु. ३५ खर्ब ८६ अर्ब ८५ करोड ८८ लाख ७० हजार बराबर छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन २५.५२ अङ्कले ओरालो लाग्दा बैंकिङ ५.५४, व्यापार ०.५१, विकास बैंक २६.३५, जलविद्युत १६.४८, वित्त १४.९६, निर्जीवन बीमा ७६.६९, उत्पादन १५.०१, अन्य २०.०५, लघुवित्त ३४.५४, जीवन बीमा २१९.६३, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.०९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु. सात करोड ९१ लाख ९९ हजार बराबरको कारोबार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु. सात करोड २६ लाख ७१ हजार ७९७, नेपाल लाइफ इन्स्योरेन्स रु. ६ करोड ५९ लाख ९९ हजार ८६७, जीवन विकास लघुवित्त रु. पाँच करोड ७८ लाख ६३ हजार ४७२ र हिमालयन डिस्टिलरी रु. पाँच करोड ६१ लाख ९४ हजार २३७ बराबर कारोबार भई शीर्ष पाँच स्थानमा रहे । नेप्सेका अनुसार इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, जाल्पा सामुदायिक लघुवित्त ४.०१ र समता घरेलु लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशतले कमाए । त्यस्तै, एनआइबिएल समृद्धि फण्ड दोस्रो ४.७३, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक ३.६८, नेपाल लाइफ इन्स्योरेन्स ३.६७, जीवन विकास लघुवित्त ३.६५, र आशा लघुवित्तका लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com