ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री र राष्ट्रियसभामा यसरी गर्ने भो वाम गठबन्धनले सिट बाँडफाँट


एबीसी न्यूज

काठमाडौं, २८ पुस। राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको   छ ।

शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो ।

कार्यदलका केही सदस्यहरु उपस्थिति हुन नसेकोले गहनरुपमा छलफल नभए पनि राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद कसरी बाँड्ने भन्ने सामान्यत या आधार तय भएको छ ।एमाले र माओवादीका तीन तीन जना नेता रहेको यो कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँडका लागि जिम्मेवारी दिइएको छ।


कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङका अनुसार सिट बाँडफाँडमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइएको छ ।

उनका अनुसार ‘स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई आधार बनाइने छ । सोही शक्तिका आधारमा पार्टी एकताको भावना प्रतिकुल नहुने गरि सिट बाँडफाँट गरिने र हामी एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिटको बाडेका छन् ।

राष्टियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १०मा रहेका त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने समेत उनले जानकारी दिए ।
राष्ट्रियसभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०÷४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ ।

यद्यपि कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने पनि हेरिने स्रोतले बताएको छ ।
‘मुख्यमन्त्री यसरी बाँडिदैछ
यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।
७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।
मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ, व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन ।’
स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुने स्रोतको दावी छ ।
मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ ।
समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश १ बाट राई÷लिम्बु, प्रदेश ३ मा नेवार\तामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुनेछ । प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् ।

प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भइसकेको छ ।
प्रदेश ६ मा खसआर्य समुदायकै मुख्यमन्त्री हुनेछन् । माओवादीले पाउने सम्भावना रहेको मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार    हुन् । यद्यपी ६ नम्बर प्रदेशमा एमालेको बहुमत रहेको भन्दै एमालेले पनि दाबी गरेको छ । एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन् । यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाएमा सभामुख सहित महत्वपूर्ण मन्त्रालयहरु एमालेले पाउने गरि छलफल अघि बढाइएको छ ।
प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com