ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित


एबीसी / संवाददाता
चैत्र ६, २०७८ आईतबार  १२ : ५५ बजे

काठमाडौँ, ६ चैत । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा रद्द गर्नुपरेको हो । त्यहाँको शिक्षा मन्त्रालयले पश्चिम श्रीलंकाका विद्यालयहरुले भोलि (सोमबार) देखि लिने तयारी गरेको परीक्षा स्थगित गर्ने जनाएको छ ।

यो निर्णयबाट पश्चिमी प्रान्तका कक्षा ९, १० र ११ मा पढ्ने करिब ४५ लाख विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुनेछन् । व्रिटिस उपनिवेशबाट मुक्त भएपछिको सबै भन्दा ठूलो आर्थिक संकटमा फसेको श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव हुने अवस्था आईसकेको छ । श्रीलंकालाई ठूलो ऋणको भारी बोकाउने चीनसँग हारगुहार गरेपनि चीनले अहिलेसम्म चासो दिएको छैन । बरु भारतले गत महिना १ अर्ब डलरको सहयोग श्रीलंकालाई गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकाको संकट टार्ने प्रस्तावमा विचार भईरहेको जनाएको छ । श्रीलंकाले यसै वर्षभित्र भण्डै ७ अर्ब डलरको ऋण तिर्नुपर्ने छ । तर उसँग २ अर्ब डलरको मौज्दात समेत नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com