ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न निर्देशन : अध्यक्ष दाहाल


एबीसी / संवाददाता
चैत्र ५, २०७८ शनिबार   ६ : ४३   बजे

काठमाडौँ, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सिन्धुलीमा पार्टी कार्यालयको उद्घाटन गर्दैै उहाँले पार्टी बलियो भए अरुले गठबन्धन गरौं भनेर आउने तर कमजोर भए कसैले नटेर्ने उल्लेख गर्नुभयो । गठबन्धन बचाउने तर त्यसकै भरमा निर्वाचनमा जान नहुने उहाँको तर्क थियो । अध्यक्ष दाहालले आफूले जित्ने तयारी नगरी गठबन्धनको भर गरे भोलि बिहान के हुन्छ भन्न नसकिने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनलाई सामान्यरूपमा नलिन उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । माओवादी हारे संविधान, जनयुद्ध, परिवर्तन, शान्ति प्रक्रिया हार्ने खतरा रहेको भन्दै अध्यक्ष दाहालले नेतृत्वलाई घेराबन्दी गर्ने, बद्नाम गर्ने काम भइरहेका जिकिर गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्धमा लागेको उहाँको आरोप थियो ।
गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्न माओवादी, कांग्रेस र अन्य वामपन्थी दलहरू एकजुट हुनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । अर्को एक प्रसंगमा दाहालले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिनुभयो । अध्यक्ष दाहालले केन्द्र सरकार, प्रदेश सरकार, सभामुख र शान्ति सम्झौता धरापमा पर्ने देखेर एमसीसी पारित बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group