ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा हिंसा अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह


एबीसी / संवाददाता
फाल्गुन २९, २०७८ आईतबार  १२ : ५२ बजे

संयुक्त राष्ट्रसंघ, २९ फागुन । संयुक्त राष्ट्रसंघले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको तत्कालै अन्त्य हुनुपर्ने पनि बताएको छ । केही समयदेखि यहाँ जारी रहेको हिंसाले धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको हो ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले शनिबार सो आग्रह गरेको हो । सो मिसनले विज्ञप्ति प्रकाशन गरेर यहाँका सबै पार्टीहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । यसअघि गत हप्तामात्र पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघको मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताउनुभएको थियो ।

महासचिव गुटर्रेसले भन्नुभएको थियो-सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ । यहाँ नागरिक प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरी आएको छ । सुडानमा राजनीतिक संकट गहिरिँदै जाँदा आन्दोलन चर्किएको छ । जसका कारण यहाँ प्रतिदिन हिंसा भएका समाचार आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com