ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै


एबीसी / संवाददाता

मनाङ, २७ फागुन । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो ।

उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै तिमाङ खोलाको झरनामा भइरहेको कल्र्भट निर्माणको निरीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा र समन्वय तथा नियमित रिपोर्टिङ गर्नेसमेतको प्रबन्ध मिलाएको बताइएको थियो ।

यसैगरी बेँसीसहर चामे सडकखण्डअन्तर्गत हिमाली मनाङमा जोखिमयुक्त अवस्थामा रहेको दुईवटा रुख हटाइएको छ । मनाङको चामेस्थित सशस्त्र प्रहरी बल नं ३२ गुल्म र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थामा रहेको दुवै रूख काटी हटाएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको नासोँ र चामे गाउँपालिकाको सिमानामा पर्ने तिमाङ खोला झरनाको पहराअन्तर्गत सडकमाथि दुइटा रुख सुकेर जोखिमयुक्त अवस्थामा लामो समयदेखि लडेर बसेको थियो । ती रुखले कुनै पनि बेला पैदल यात्री तथा सवारीसाधनमा क्षति पु¥याउने सम्भावना हटाइएको हो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com