ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनमा नबस्दा कांग्रेसलाई नै घाटा हुन्छ : उपमहासचिव तुलाधर


एबीसी / संवाददाता
फाल्गुन २६, २०७८ बिहीबार   ३ : १२   बजे

काठमाडौँ, २६ फागुन । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले स्थानीय तह निर्वाचनमा गठबन्धन नभए त्यसले नेपाली कांग्रेसलाई नै घाटा हुने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको बीचमा सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव तुलाधरले गठबन्धनमा कांग्रेस नहुँदा उसैलाई नोक्सानी पुर्‍याउने बताउनुभयो ।

‘गठबन्धनमा आबद्ध दलमध्ये नेपाली कांग्रेस प्रमुख दल हो, उसको इच्छा भएन भने नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्छ,’ उहाँले भन्नुभयो, ‘त्यो उसकै लागि घाटा हुनसक्छ ।’ कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनका विषयमा सकारात्मक भए पनि दोस्रो तहका नेताहरूले सस्तो लोकप्रियताका लागि उत्ताउलो अभिव्यक्ति दिने गरेको तुलाधरको आरोप छ । ‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’

गगन थापाको नाम नलिइ तुलाधरले महाधिवेशनमा चुनाव जित्नका लागि चर्को, उत्ताउला र अरुलाई खसाल्ने किसिमका अभिव्यक्ति दिएको आरोप लगाउनुभयो । आफ्ना पक्षमा रहेका कार्यकर्ता आफूतिर नै रहिरहुन् र आफ्नो पल्लाभारी भइरहोस् भन्ने हेतुले पनि कांग्रेसका केही नेताहरूको चर्का अभिव्यक्ति आइरहेको उहाँको भनाइ छ । सभापति लगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर अघि बढ्न चाहेको बताउँदै उहाँले गठबन्धन कांग्रेसकै लागि पनि आवश्यक रहेको जिकिर गर्नुभयो । यस्तै, ६ हजार ७ सय ४३ वडा सबैमा आफ्ना कमिटीहरू नबनेको स्वीकार गर्दै तुलाधरले वडा कमिटी बनाउने र चुनावको प्रचार एकैपटक हुने बताउनुभयो । डेढ महिनाभित्र मुलुक पूरै नेकपा ९एकीकृत समाजवादी०मय हुने र कमल चिन्हको माहोल देशभर छाउने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group